स्वास्थ्य

५ हजार जनाको पीसीआर परीक्षणबाट ४१९ कोरोना संक्रमित थपिए, ७५० जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप  ४१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ ।

५ हजार जनाको पीसीआर परीक्षण गरिएकोमा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ७११ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ७५० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५३ हजार ८५७  पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप  ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८७० पुगेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत