राजनीति

दाहाल-नेपाल नेकपाले सार्वजनिक गरे पुस २० देखि माघ २३ गतेसम्म यस्ता विरोधका कार्यक्रम

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले संसद विघटनको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले नेतृत्व गरेको नेकपाले पुस २० गतेदेखि माघ २३ गतेसम्म विरोधका कार्यक्रममा सार्वजनिक गरेका हुन् । राजधानीमा विरोध प्रदर्शन र सभा गरेर दोस्रो चरणको आन्दोलन समापन गरिने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

घोषित आन्दोलनको कार्यक्रमअनुसार पुस २० गतेसम्म पालिकास्तरमा र २५ गतेसम्म वडास्तरमा भेला तथा संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ । सँगसँगै प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति पनि गठन गरिनेछ । 

आन्दोलनका कार्यक्रमहरु

-पुस २० गतसम्म पालिका स्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम ।

-पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा संघर्ष समिति गठन ।

-पुस २१ गते संघीय राजधानी र विभिन्न शहरी केन्द्रहरुमा राजनीतिक पार्टीहरुसँग अन्तरक्रिया ।

-२३ पुसमा नागरिक समाजसँग अन्तरक्रिया ।

-२४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने ।

-३६ पुसमा सडक संविधान वाचन व्याख्या कार्यक्रम ।

-२७ पुसमा सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १, २८ गते प्रदेश २, गण्डकी र कर्णाली तथा २९ गते बाग्मतीमा बृहत कार्यकर्ता भेला ।

-२८ पुसमा घरघरमा पर्चा वितरण, गाउँटोलमा कालो झण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध सबै वडामा व्यानर राख्ने ।

-२९ पुसमा निर्वाचन क्षेत्रस्तरयि कार्यकर्ता भेला ।

-३० पुसमा सबै वडामा विरोध प्रदर्शन र सभा ।

-५ माघमा सबै पालिकाहरुमा विरोध प्रदर्शन र सभा ।

-१० माघमा राजधानी लगायतका सबै शहरी केन्द्रहरुमा मोटरसाइकल र्‍याली ।

-१६ माघमा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा र १७ गते प्रदेश २ मा विरोध सभा ।

-२२ माघमा वडा तहमा मसाल जुलुस ।

-२३ माघमा राजधानीमा विरोध प्रदर्शन ।

गाउँ सहर संवाददाता

तपाईँको मत