राजनीति

नेकपा ओली समूहको भेलामा कालो रंगको मास्क, टोपी, पञ्जा लगाउन निषेध

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहको काठमाडौँ जिल्ला कमिटी भेला प्रज्ञा प्रतिष्ठानमा चलिरहेकाे छ ।

उक्त भेलामा ओली समूहका नेता तथा कार्यकर्ताकाे उपस्थिति रहेकाे छ ।

तर भेलामा सहभागी हुने नेता कार्यकर्ता कालो रंगको मास्क, टोपी, पञ्जालगायत सामग्री लगाउन निषेध गरिएको छ । त्यस्तै पानीको बोतल लिएर जान पनि निषेध गरिएको छ।

भेलालाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल, उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्नेछन् ।

गाउँ सहर संवाददाता

Suman Pandey लेख्नुहुन्छ १८ पौष, २०७७ ६:२१ pm

अब भोलि देखि काला कोट पेन्ट वाला लाई पनि निषेध हुन्छ है ।

तपाईँको मत