दिगोविकास

प्रचण्ड-नेपाल समूहद्वारा प्रदेश २ का संसदीय दलका नेता मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडाैं । नेकपा प्रचण्ड–नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।

नेकपाको ३२ प्रदेशसभा सदस्यमध्ये १७ जनाको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।

प्रदेश संसदीय दलको विधान-२०७५ अनुसार २५ प्रतिशत सांसदले अविश्वासको प्रस्ताव दर्ता गर्न पाउँछन् ।

प्रदेश २ मा जनता समाजवादी पार्टीको नेतृत्वमा सरकार छ । पार्टी एकतापूर्व तत्कालीन संघीय समाजवादी पार्टीलाई नेकपाले समर्थन गरेको थियो ।

प्रतिनिधि सभा विघटनपछि दुई भागमा विभाजित भएको नेकपामा अहिले एक पक्षले अर्को पक्षका नेताविरूद्ध कारबाही र पदमुक्त गर्ने होडबाजी नै चलेको छ ।  

मण्डललाई केही दिन अगाडि मात्रै नेकपा ओली समूहले प्रदेश २ को इन्चार्जमा नियुक्त गरेको थियो । 

गाउँ सहर संवाददाता

तपाईँको मत