अर्थतन्त्र

चितवन मालपोत कार्यालयमा भ्रस्टचार,तीन जना कर्मचारीविरुद्ध बिशेष अदालतमा मुद्दा दायर 

काठमाडौँ । मालपोत कार्यालय चितवनमा राजश्व हिनामिना भएको छ । अदालतले नासु मनोज निरौला, लेखापाल बलराम सापकोटा र लेखा अधिकृत रिठ्ठे दर्जीविरुद्ध मुद्दा दायर गरेकाे हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन कर्मचारीविरुद्ध सोमबार बिशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ  । पाँच करोड भन्दा धेरै राजश्व हिनामिना भएको अख्तियारले दाबी गरेको छ ।

अख्तियारको अभियोग यस प्रकार रहेको छ :

आर्थिक वर्ष २०७३—०७४ तथा २०७४—०७५ को आन्तरिक लेखापरीक्षण हुँदा विभिन्न फाँटबाट नगदी रसिद काटी संकलित राजस्व रकम लेखा शाखाबाट बैंक दाखिला हुन नसकेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा मालपोत कार्यालय भरतपुर, चितवनमा तत्कालीन समयमा नायब सुब्बा पदमा कार्यरत मनोज कुमार निरौलाले मुद्दा फाँटमा संकलित राजस्व रकममध्ये रु ४,७१,६१८.९ लेखा शाखामा नबुझाई खाई मासी हिनामिना गरेको देखिंदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय ९ग० बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजलाई दाखिला नगरी हिनामिना गरेको रु। ४,७१,६१८।– ९चार लाख एकहत्तर हजार छ सय अठार० बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को देहाय ९घ० बमोजिम कैद र सोही ऐनको दफा ७ बमोजिम जरिवानाको सजाय हुनका साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम हिनामिना भएको राजस्व रकमसमेत असुल उपर गरी जफत हुन मागदाबी लिइएको छ ।

त्यसैगरी, मालपोत कार्यालय, भरतपुर चितवनमा कार्यरत लेखापाल बलराम सापकोटाले बैंक दाखिला प्रयोजनार्थ विभिन्न मितिमा मालपोत कार्यालय भरतपुर चितवनको विभिन्न फाँटमा संकलित राजस्व रकम आफूले बुझि सो राजस्व रकममध्ये रु। ५८,४३,८०६।७५ सम्बन्धित बैंक खातामा दाखिला नगरी खाई मासी राजस्व हिनामिना गरेको देखिंदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय ९ग० बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले निजलाई दाखिला नगरी हिनामिना गरेको रु। ५८,४३,८०६।७५ ९अन्ठाउन्न लाख त्रिचालीस हजार आठ सय छ पैसा पचहत्तर० बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को देहाय ९ज० बमोजिम कैद र सोही ऐनको दफा ७ बमोजिम जरिवानाको सजाय हुनका साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम हिनामिना भएको राजस्व रकम असुलउपर गरी जफत हुन समेत मागदाबी लिइएको छ ।

साथै, मालपोत कार्यालय भरतपुर चितवनमा कार्यरत लेखा अधिकृत रिठ्ठे दर्जीले राजस्व रकम रु ७,०८,१७,०३७।– सम्बन्धित बैंकमा दाखिला नगरी हिनामिना गरेको, सम्बन्धित बैंकको सरकारी छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरी नक्कली भौचरहरु तयार गरेको एवं दाखिला भौचरहरु बैंक दाखिलापश्चात सच्याई बदनियतपूर्ण ढंगले बढी दाखिला भएको देखिने गरी भौचर संलग्न गरे गराएको देखिंदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय ९ग० बमोजिमको कसुर, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजले दाखिला नगरेको रु ७,०८,१७,०३७।– ९सात करोड आठ लाख सत्र हजार सैतीस रुपैंया० बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को देहाय ९झ० बमोजिम कैद, सोही ऐनको दफा ७ बमोजिम जरिवानाको सजाय हुन र सोही ऐनको दफा ३ को उपदफा ९१० बमोजिम निजले हिनामिना गरेको रकममध्ये आन्तरिक लेखापरीक्षका क्रममा रु २,५८,०३,२३१।– दाखिला गरेको हुँदा बाँकी रहन आउने रकम रु ४,५०,१३,८०६।– असुल उपर गरी जफत हुनका साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र सोही ऐनको दफा ११ बमोजिमसमेत सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

गाउँ सहर डेस्क

तपाईँको मत