अर्थतन्त्र

सुनापति गाउँपालिकाे सामाजिक सुरक्षाभत्ता अब बैंकिङ प्रणालीबाट

रामेछाप । रामेछापको सुनापति गाउँपालिका कार्यालयले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण गर्ने नीति लिएको छ ।

त्यसका लागि गाउँपालिकाले सिटिजन्स बैंकसँग बैंकिङ प्रणाली मार्फत वितरण गर्ने सम्झौता सम्पन्न गरेकाे गाउँपालिकाका  प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्लेले जानकारी दिए । 

आर्थिक वर्ष २०७७-०७८ को पहिलो चौमासिक देखि नै बैकिङ प्रणालीबाट भत्ता वितरण गरिने भएको हो । बैंकबाट भत्ता वितरणका लागि नगरपालिकाले जिल्लाका बैंकहरुसँग आइतबार सम्झौता गरेको छ ।

गाउँपालिकाका ५ वटै वडाका सबै खाले सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहिहरुलाई बैंकबाटै भत्ता वितरण गर्नका लागि सम्झौता गरिएको हो ।

राज्य काेषको रकम अनियमितता, चुहावट हुन नदिन तथा पारदर्शि र व्यवस्थित गर्न 'सामाजिक सुरक्षा प्रणालीलाई ब्यबस्थित र सुदृढीकरण गर्न सम्झौताले महत्वपूर्ण योगदान पुर्‍याउने काफ्लेले बताए । 

हस्ताक्षर कार्यक्रममा गाउँपालिकाका अध्यक्ष धावा लामा, उपाध्यक्ष गिता विष्ट, प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्ले र सिटिजन्स बैंक सुनापती शाखाका प्रमुख लगायतको सहभागीता रहेको थियो ।

लाभग्राहीले राष्ट्रिय वाणिज्य बैंक भिमानमा खाता खोल्नुपर्ने छ ।

गाउँपालिकाले आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ताको लागि सात करोड रुपैयाँ बजेट विनियोजन गरिएको काफ्लेले बताए ।

गाउँपालिकाको पाँच वटा वडामा २४ सय ४० जनाले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत