राजनीति

‘विद्यार्थीकाे पढाई र परीक्षाप्रति त्रिविका पदाधिकारीकाे रेडिमेड जवाफ कहिलेसम्म’ : नेविसंघ

काठमाडौं। विश्वविद्यालयकाे पढाई र परीक्षा लगायत विभिन्न विषयका बारेमा त्रिभुवन विश्वविद्यालयकाे माैनता र कर्मण्यताप्रति नेपाल विद्यार्थी संघ नेविसंघ (नेविसंघ) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेविसंघले भनेको छ, ‘विद्यार्थी प्रतिको जिम्मेवारी र आफ्नो दायित्व निर्बाह गर्न असमर्थ असक्षम पदाधिकारीहरुले भरिएको त्रिभुवन विश्वविद्यालयको वर्तमान समयमा देखिएको मौनता र अकर्मण्यता प्रति नेपाल विद्यार्थी संघ खेद प्रकट गर्दछ । वर्तमान संकटको अवस्थालाई अवसरको रुपमा सदुपयोग गर्दै खोज, अध्ययन र अनुसन्धान मार्फत विश्वका अन्य विश्वविद्यालय सरह नयाँ-नयाँ तथ्यसँगै  यसको निराकरणका उपायहरु पत्ता लागाउनु पर्ने समयमा उल्टै विद्यार्थीहरुको भबिष्य अन्धकार बनाउने र सधैं तैयारी गर्दै छौँ भन्ने रेडीमेड जवाफसँगै भ्रष्टचारमा चुर्लुम्म डुबेका विश्व विद्यालयका पदाधिकारीबाट थप बिकृति र बिसंगती बाहेक केही आशा गर्न सकिन्न ।’

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले प्रेस नोट जारी गर्दै भनेका छन्, ‘बर्तमान पदाधिकारीको अर्कमणयताले विद्यार्थीमा पारेको मानसिक पीडा कोरोनाको कहर भन्दा ठूलो छ ।यसको जिम्मेवार कसले लिने ? यसर्थ बर्तमान कम्युनिष्ट सरकारको राज्य कब्जा कै नियत र मानसिकताबाट गुज्रेका निकम्मा पदाधिकारीहरुबाट विश्वविद्यालयलाई जोगाउँदै शैक्षिक,प्राज्ञिक मर्यादित बाताबरण निर्माणका निम्ति हस्तक्षपकारी भूमीका सहित विश्वविद्यालयको संरक्षणका निम्ति सबैमा अपिल गर्दछु ।’

गाउँ सहर संवाददाता

तपाईँको मत