गाउँ सहर

जनै भनेकाे घाँटीदेखि जीउसम्म लगाउने फाल्तु सेताे डाेरी मात्र हाेइन

काठमाडाैं । श्रावण शूक्ल पूर्णिमाकाे दिन जनैपूर्णिमा वा रक्षाबन्धनको नामले प्रचलित छ । बाँयाबाट दाँया काधमा काँचो धागोको डोरी लगाउने गर्छन। यो धागोलाई जनै भनिन्छ । जनै धार्मिक कारणले महत्वपुर्ण मानिन्छ। बायाँ काँधबाट छड्के पारी दायाँहातमुनी खोकिलासम्म पहिरिने सेतो सुती धागोबाट बनेको पवित्र धार्मिक डोरीलाई जनै वा यज्ञोपवित भनिन्छ । खासगरी हिन्दूका सोह्र संस्कार मध्ये एक उपनयन वा ब्रतवन्ध गर्दा बैदिक मन्त्रका साथ गुरूले जनै पहिराइदिने प्रचलन रहेको छ ।

जनै लगाउने कुरा उप्कायो भने हिजोआजका सनातनी युवाले भन्ने गर्छन्– जिउमा फाल्तु धागो किन लगाउने ? धागो लगाउँदा के पाइन्छ ? हिन्दु धर्ममा जनैको विशेष स्थान छ तर अब यसका वैज्ञानिक कारणबारे पनि खोज अनुसन्धान गरिएको छ ।

जनैको निर्माण काँचो धागो जोडेर हुन्छ जसमा तीन फेरो हुने गर्छ। तीन फेरोलाई क्रमशस् ब्रह्मा, विष्णु र महेशको प्रतिक मानिन्छ। धार्मिक दष्टिबाट जनै धारण गर्नाले शरीर शुद्ध र पवित्र मानिन्छ ।

शास्त्र अनुसार दाहिने कानमा आदित्य, वसु, रुद्र, वायु, अग्नि, धर्म, वेद, आप, सोम र सूर्य लगायतका देवताहरू बस्छन् । त्यसैले दिशापिसाबको बेला जनै दाहिने कानमा राख्दा राखिन्छ ।

दिशापिसाब पछि जब हातगोडा धोएर मुख कुल्ला गरिन्छ तब मात्र जनै कानबाट निकाल्नुपर्छ । यसो गर्नुको अर्थ शरीरमा नाइटोमाथिको भाग धार्मिक क्रियाका लागि पवित्र मानिन्छ तर नाइटोमुनिको भाग भने अपवित्र मानिन्छ ।

दाहिने कानलाई जननेन्द्रिय र अण्डकोषको अभिन्न सम्बन्ध रहेको हुन्छ । पिसाब फेर्दा वीर्यपतनको पनि सम्भावना हुन्छ । त्यसैले पिसाब गर्दा जनैलाई कानमा घुसारेमा वीर्यनाश हुन पाउँदैन । त्यति मात्र होइन लगातार स्वप्नदोष भयो भने पनि दाहिने कानमा जनै बेर्दा समस्या समाधान हुने विश्वास छ ।

दिसापिसाब गर्दा जनैलाई दाहिने कानमा दुई फन्का कसेर बेर्नुपर्छ । कानको पछाडि हुने दुईवटा नसाको सम्बन्ध आन्द्रा हरूसँग हुन्छ । यसरी कानको नसा कस्दा आन्द्रामा दबाब पर्छ र दिसा सहजै निस्कन्छ । त्यति मात्र होइन कब्जियत, अम्लीयता, पेटका रोग, पिसाबसम्बन्धी रोग, रक्तचाप समस्या, मुटुरोगहरू लाग्न पाउँदैनन् ।मलमूत्र त्यागेपछि तत्कालै जनै कानबाट खोल्नुहुँदैन । पहिला आफु राम्ररी सफा हुनुपर्छ अनि मात्र जनै उतार्नुपर्छ । यो सफाइले व्यक्तिलाई रोगबाट पनि बचाउँछ ।

गाउँ सहर डेस्क

तपाईँको मत