“शिवोऽहम् । शिवोऽहम् ॥”
- ५ श्रावण सोमबार, २०७७ | ०६:५५:०० मा प्रकाशित

शिव को हुन् ? म को हुँ ? यस्ता प्रश्नको उत्तरमा प्राचीन विचारकको मत “शिवोऽहम् । शिवोऽहम् ॥”, अर्थात् म नै शिव हुँ, भन्ने रहेको देखिन्छ । स्कन्दोपनिषद्को एक श्लोक भन्छ-“जीवः शिवः, शिवो जीवः, स जीवः केवलः शिवः ।”, अर्थात् म जीव शिव हुँ किनकि शिव नै जीव हुन्, र जे जीव हो त्यो केवल शिव नै हो । त्यसैले, यदि रचनात्मकताको बीउ खोज्न हामीलाई कहीँ जानु छ भने त्यो ठाउँ हामी भित्रै छ । सत्यम्, शिवम्, सुन्दरम् !
नमामीशमीशान निर्वाणरूपं ।
विभुं व्यापकं ब्रह्मवेदस्वरूपम् ॥
निजं निर्गुणं निर्विकल्पं निरीहं ।
चिदाकाशमाकाशवासं भजेऽहम् ॥
करालं महाकालकालं कृपालम् ।
गुणागारसंसारपारं नतोऽहम् ॥
प्रचण्डं प्रकृष्टं प्रगल्भं परेशम् ।
त्रयः शूलनिर्मूलनं शूलपाणिम् ॥
कलातीतकल्याण कल्पान्तकारी ।
सदा सज्जनानन्ददाता पुरारी ॥
चिदानन्दसंदोह मोहापहारी ।
प्रसीद प्रसीद प्रभो मन्मथारी॥
श्री शिव रूद्राष्टकं स्तोत्रम को केही अंश ।
(नमः! ईशान ईश**लाई, निर्वाण रूपलाई ।
विभु, व्यापक, ब्रह्म, वेदस्वरूपलाई ।
मुक्त, गुणातित, विकल्परहित, तृष्णारहितलाई ।
चेतन र भौतिक आकाश दुवैका वासीलाई ॥
विकराल महाकालका पनि काल, कृपालुलाई ।
गुणका-धाम र संसारभन्दा परका तिमीलाई ॥
प्रचण्ड, उत्कृष्ट, परिपक्व परमेश्वरलाई ।
तीनै-शूल निर्मूल गर्ने त्रिशूलधारीलाई ।
कलाभन्दा परका, कल्याण स्वरूप र प्रलयकारीलाई ।
सदा सज्जन रहनेलाई, सदा आनन्द दिनेलाई ॥
नमस्ते ! चित्तको-आनन्द दुहुने र मोह हर्नेलाई ।
प्रसन्न प्रसन्न हुनुस् प्रभु! मनुहोस् यो मनलाई ॥)
* उत्तर-पूर्वका, ** स्वामी, मोक्ष "वैदिक दर्शनका त्रिविध द:ख (आधिदैविक आधिभौतिक, आध्यात्मिक दुःख)
सचरा अचरा परा पूरा चिदानन्दरूपः शिवोऽहम् शिवोऽहम् ॥
सचरा अचरा परा पूरा चिदानन्दरूपः शिवोऽहम् शिवोऽहम ॥
प्रतिकृया दिनुहोस