पोखरामा सिभिल बैंकको गण्डकी प्रदेश कार्यालय
- गाउँ सहर संवाददाता
- १४ माघ मंगलबार, २०७६ | २१:५१:०० मा प्रकाशित

पोखरा । सिभिल बैंक लिमिटेडले पोखरामा आफनो नयाँ शाखा कार्यलय सहित गण्डकी प्रदेश कार्यालय स्थापना गरेको छ । देश भर एक सय दुई साखाबाट सेवा दिदै आएको सिभिल बैकले पोखरा १० को शिवचोकमा शाखा कार्यालय र प्रदेश कार्यालयको संयुक्त रुपमा उद्घाटन गरेको छ । कार्यालयको गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्वा गुरुङले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।
कार्यालयको उद्घाटन गर्दै मुख्य मन्त्री गुरुङले बैंकहरुले जनतालाई सहज र सरल तरिकाले सेवा प्रदान गर्दै बैंकिङ्ग प्रणालीलाई प्रभावकारी तरिकाले सेवा प्रवाह गर्दै ब्यवसायीहरुलाई लगानी मैत्री वातावरण सृजना गरिदिनु पर्ने सुझाव दिएका थिए ।
गण्डकी प्रदेश सरकारले आफनो पञ्च वर्षीय कार्ययोजनमा आर्थिक बृद्धिदरलाई बढाउदै पर्यटन, उद्योग, हाईडो र कृषिलाई अगाडि बढाएकाले बैंक तथा वित्तिय संस्थाले सरल र सुलभ ब्याजदरमा कर्जा प्रवाह गरी लक्ष्य प्राप्तीलाई सहयोग गर्न उनले अग्रह गरे ।
सोही अवसरमा बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैकले जनताको मन जित्दै समृद्धि लागि सिभिल भन्ने मूल नारालाई अगाडि बढेको बताए ।
कार्यक्रममा बैंकका अध्यक्ष ईच्छाराज तामाङ्गले सरकारका तर्फबाट लगानीको वातावरण सृजना भएमा अन्तर्राष्ट्रिय लगानी कर्ताहरुलाई पनि नेपालमा ल्याउन सकिने भएकाले सरकार र वित्तिय क्षेत्रकाबीच सहकार्यको आवस्यकता रहेको धारणा राखेका थिए ।
कम्पनी सचिव हिराकाजी बस्नेतले संचालन र सिभिल बैकका गण्डकी प्रदेश प्रमुख समिर केसीले स्वागत गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस