गाउँ सहर

काठमाडाैँ लगायत देशभरका कयाैँ क्षेत्रमा झरी, चन्द्रागिरि हिउँले भरियाे (शब्द/तस्विर/भिडियाे)

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशका अधिकांश भागमा वर्षा भइरहेको छ । काठमाडौंमा बुधबार ६ः३० बजेसम्म ५.५ मिलिलिटर पानी परेको छ । पानी पर्ने क्रम जारी छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट अस्तिदेखि सुरु वर्षा गएरातिदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको छ । यो प्रणाली आज रातिसम्म कायम रहने उनीहरुको अनुमान छ ।

रातिदेखि परेको पानी बुधबार दिउँसो केही समय रोकिए पनि बेलुकीपखबाट फेरि सुरु हुने शाखाले जनाएकाे छ ।

पानी परेकाले अधिकतम तापक्रम घट्ने छ र जाडो केहीदिन बढ्ने छ । काठमाडौँ उपत्यकाको तापक्रम यस वर्ष शून्यमा पुगेको छ । पानी परेकाले जाडो बढ्ने भए पनि शून्यभन्दा तल भने नझर्ने मौसमविदको अनुमान छ ।

काठमाडाैँ नजिकै रहेकाे चन्द्रागिरि डाँडाँमा हिउँ परेकाे छ । पर्यटकीय स्थल चन्द्रागिरिमा हिउँ खेल्नेकाे घुइँचाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत