समाज
दशैँकाे चाैथाे दिन, भगवती दूर्गाको कूष्माण्डा नामले अाराधना गरिँदै
- गाउँ सहर संवाददाता
- २७ असोज शनिबार, २०७५ | ०८:२३:०० मा प्रकाशित

काठमाडाैँ । अाज दशैँकाे चाैथाे दिन । नवरात्रको चौथो दिन भगवतीको कूष्माण्डा नामले आरधना गर्ने गरिन्छ ।
भगवती दूर्गाको कूष्माण्डा शक्तिबाट नै ब्रह्माणको उत्पत्ती भएको भनिएको छ । माताको निवास सूर्य मण्लमा रहेको छ भने सेतो कुभिण्डोको जस्तो रुपभएका कारण यिनलाई कूष्माण्डा भनिएको हो ।
पूजनपछि माल पूवाको प्रशाद चढाउँने र बाँढेर खानाले बुद्धि दिमाग तिब्रहुने बताइन्छ ।
शहरबाट गाउँ जाने अनि गाउँबाट शहर अाउने भिड थामिनसक्नु हुँदै गएकाे छ । शहरहरू मज्जाले रित्तीसकेका छन् । वर्षदिनमा भेटघाटकाे दरिलाे संयाेजन रहेकाे दशैँले हरेक परिवारलाइ एउटै अाँगनमा जाेड्न सफल बनेकाे छ ।
प्रतिकृया दिनुहोस