सडक/यातायात

नुवाकोट बस दुर्घटनामा ४० घाइते

सांकेतिक तस्बिर

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–९ लामाटारमा बस दुर्घटना हुँदा ४० जना यात्रु घाइते भएका छन्। बिहान १०:३० बजे तिर यात्रु बोकेर त्रिशुली तर्फ आउँदै गरेको पासाङ लामु यातयातको बा.२ ख.२८०४ नं.को यात्रुबहाक बस सडक देखि ४० मिटर तल खसेको हो । बुङताङबाट त्रिशुली आउँदै गरेको बसले बालुवा बोकेको मिनिट्रकलाई बाटो दिएर अघि बढ्ने क्रममा दुर्घटना भएको छ।


दुर्घटनामा गम्भीर घाइते भएका सात जना (विवामायाँ घले, मङगली, घिसिङ तामाङ, होमबहादुर लामा, वीरबहादुर विक, पूर्ण लामा र उत्तम तामाङ) लाई थप उपचारको लागि काठमाडौं पठाइएको छ । अन्य घाइतेहरुको त्रिशूली अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा अधिकांश बुङताङ, साल्मे र देउराली यात्रुहरु रहेका छन्। 
 

गाउँ सहर संवाददाता

तपाईँको मत