गाउँ सहर

सरकार सर्वसत्तावादी उन्मुख भएको भन्दै नेविसंघद्वारा सडकमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले  सरकारविरुद्ध मंगलबार राजधानीमा प्रदर्शन गरेको छ ।

माइतीघरमा भेला भएर नाराबाजीसहित संघीय संसद भवन नयाँ वानेश्वरतर्फ अघि बढेका नेविसंघका कार्यकर्ताले निषेधित क्षेत्र समेत तोड्ने प्रयास गरेपछि केहिबेर दुई पक्षीय झडप समेत भएको थियो । सो क्रममा प्रहरीले लाठीचार्ज गर्दा केहि नेविसंघका कार्यकर्ता घाइते समेत भएका छन् । 

सरकार कम्युनिस्ट सर्वसत्तावाद लागू गर्नेतर्फ अघि बढेकाले विरोध प्रदर्शन गरेको नेविसंघका अध्यक्ष नैनसिंह महरले बताए ।

केपी ओली नेतृत्वको सरकारले अधिनायकवाद लाद्न खाजेको आरोप लगाउँदै नेपाली कांग्रेसले केहिअघि बैठकबाटै सडक र सदनबाट सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने नीति लिएको  थियो । त्यसै अनरुप सरकार विरुद्ध कांग्रेस र उसका भातृ संगठन सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै आएको छ । नेपाल विद्यार्थी संघले सरकारले सर्वसत्तावादी चरित्र देखाएको भन्दै काठमाडौंमा प्रदर्शन गरेका हुन् । 

तस्बिर : श्रीराम खनाल 

गाउँ सहर संवाददाता

तपाईँको मत