गाउँ सहर

सरकार र डा. केसीका प्रतिनिधिबीच दोस्रो पटक वार्ता शुरु

काठमाडौं । अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसी पक्ष र सोमबार गठित सरकारी वार्ता टोलीबीच  शिक्षा मन्त्रालयमा वार्ता पुन: शुरु भएको छ।

सोमबारनै दुई पक्षबीच वार्ता भए पनि निष्कर्षमा पुग्न नसकेपछि  दोस्रो चरणको वार्ता शिक्षा मन्त्रालयमा केहीबेरअघिबाट सुरू भएको हो ।

सोमबार मन्त्रिपरिषद्ले शिक्षा सचिव खगराज बरालको नेतृत्वमा गृह र स्वास्थ मन्त्रालयका सहसचिव रहेको वार्ता टोली गठन गरेको थियो। केसीका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, अधिवक्ता ओम प्रकाश अर्याल र डाक्टर अभिषेकराज सिंह वार्तामा सहभागी छन्।

स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै डा. केसीलाई जुम्लाबाट काठमाडौँ ल्याउन पहल गर्ने बताएका छन्। केसी पक्षधरले विधेयक फिर्ता गरिए मात्र अडान लिएका थिए ।केसीका प्रतिनिधिले भने संसदमा दर्ता विधेयक फिर्ता भएको अवस्थामा मात्र केसी काठमाडौं आउने  बताएका छन्।

 

 

 

गाउँ सहर संवाददाता

तपाईँको मत