गाउँ सहर

एराप्रपा (राष्ट्रवादी) अध्यक्ष डा. लोहनी अमेरिकाबाट स्वदेश फर्किए

काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष एवं पुर्व परराष्ट्र मन्त्री डा. प्रकाशचन्द्र लोहनी अमेरिकाको सान-फ्रान्सिस्कोमा भएको ७ औं गैरआवासीय नेपालीको सम्मेलनमा भाग लिएर स्वदेश फर्किएका छन् । 

असार २ र ३ गते भएको सम्मेलनलाई लोहनीले प्रमुख वक्ताको रुपमा सम्बोधन गरेका थिए । 

अमेरिकामा रहँदा उनले लसएन्जलस र क्यालफोर्नियामा रहेका नेपालीहरुसँग आर्थिक मुद्दाका विषयमा अन्तरक्रियासमेत गरेका थिए । सो अन्तरक्रियामा विदेशमा रहेका नेपालीहरुको श्रम, सीप, पूँजीसहित हासिल गरेको शिक्षा तथा प्रविधिलाई नेपालमा कसरी लगानी गर्न सकिन्छ भन्नेबारेमा छलफल भएको थियो । 

फर्किने क्रममा उनलाई त्रिभुवन विमानस्थलको विशिष्ठ कक्षमा वरिष्ठ उपाध्यक्ष गणेश शेरचनलगायतले स्वागत गरेका थिए । 

गाउँ सहर संवाददाता

तपाईँको मत