जीवनशैली

मुटु स्वस्थ राख्ने केहि उपायहरू

काठमाडाैं । कोलेस्टेरोल मुटु रोगको एउटा कारण हो। नियमित व्यायाम गरेपनि खानपान स्वस्थ छैन भने शरीरमा खराब कोलेस्टेरोलको मात्रा बढ्छ। यसलाई नियन्त्रित गर्न खानपानमा विशेष ध्यान दिनु जरुरी हुन्छ।

कोलेस्टेरोलको मात्रा  घटाएर मुटु स्वस्थ राख्ने केहि उपायहरूः

 दैनिक भोजनमा कुल क्यालोरीको ३० प्रतिशत शक्ति मात्र चिल्लो पदार्थबाट प्राप्त हुने किसिमले भोजनको योजना बनाउनुपर्छ ।

२ खाद्यपदार्थबाट पाइने कोलेस्टेरोल प्रतिदिन ३०० मि.ग्रा भन्दा कम हुनुपर्छ । एक अण्डाबाट करिब २ सय १३ मि.ग्रा कोलेस्टेरोल पा्रप्त हुन्छ । 

३ पूरै अन्न गेडागुडी, फलफुल, हरियो सागपात तथा अन्य तरकारीहरु अर्थात् फाइबरयुक्त खाद्यपदार्थहरु  भोजनमा प्रशस्त समावेश  गर्नुपर्छ । खाद्ययपदार्थमा रहेको फाइबर र पेक्टिनले शरीरमा कोलेस्टेरोल  शोषण  हुन  नदिइ शरीरबाट बाहिर फाल्न मद्दत गर्छ। 

 बोसो निकालेको कुखुराको मासु, प्राउनबाहेक अनय प्रकारका माछाहरु भोजनमा समावेश गर्न सकिनछ । माछा अतृप्त फ्याटी  एसिडको मध्यम स्रोतको रुपमा लिइन्छ । त्यसमध्य पनि यसमा ओमेगा ३ फ्याटी एसिड बढी पाइन्छ । जसले रगतको गुणस्तर ठीक राख्नुको साथै रोग प्रतिरोधात्मक शक्ति पनि प्रदान गर्छ । 

५ फलफूल, सागपात बाहेक  मसलाको रुपमा प्रयोग गरिने  खाद्यपदार्थहरु जस्तै बेसार, लसुन, प्याज आदि पनि भोजनमा समावेश गर्नुपर्छ । 

६ विशुद्ध चिल्लो पदार्थ (घिउ, तेल )बाहेक अन्य खाद्ययपदार्थमा मिलेर रहेको चिल्लो  पदार्थ पनि हटाइ प्रयोग गर्दा बेस हुन्छ । जस्तै चिल्लो निकालेको दूध, बोसो निकालेको मासु आदि। 
७ खानामा चिनी र मदिराको प्रयोग कम गर्नुपर्छ । चिनी र अल्कोहलको बढ्दो प्रयोगले शरीरमा ट्राइग्लिसराइड नामक हानिकारक चिल्लो पदार्थको परिमाण बढाउन सक्छ । 

 रगतमा कोलेस्टेरोल सन्तुलित राख्न दैनिक हल्का व्यायाम गर्नुपर्छ ।

 सकेसम्म शरीरको तौल ठीक राख्नुपर्छ । बढी तौल हुँदा उच्च कोलेस्टेरोलको सम्भावना धेरै हुन्छ । 

१० उल्लेखित कुराबाहेक चिल्लो पदार्थको कम प्रयोग हुने पकाउने विधिको पनि छनोट गर्नुपर्छ ।

एजेन्सीकाे सहयाेगमा 

गाउँ सहर संवाददाता

तपाईँको मत