दिगोविकास

सुन तस्करीका मुख्य नाइके पक्राउ, आजै मोरङ अदालतमा बुझाइने

काठमाडौं। शनम शाक्य हत्या प्रकरणसँगै खुलेको ३८ सय केजी सुन तस्करीका मुख्य नाइके चूडामणि उप्रती गोरेलाई आज प्रहरीले सार्वजनिक गरेको छ। गृह मन्त्रालयका छानबिन समितिका संयोजक ईश्वरराज पौडेलले बताए।

आज बिहान साढे ५ बजे काठमाडौंको गौरीघाटबाट उनलाई पक्राउ गरिएको छानबिन समितिले जनाएको छ । गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनलाई सार्वजनिक गरिएको हो। 

गोरेको समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ वर्षदेखि सुन तस्करी गर्दै आएको थियो। विमानस्थलमा एयरलाइन्सका कर्मचारी र प्रहरीसँग सेटिङ मिलाएर गोरेले सुन तस्करी गर्दै आएका थिए।

गोरेलाई आजै मोरङ अदालतमा बुझाइने अनुसन्धान टोलीले जनाएको छ । 
को हुन् गोरे ?

चर्चित साढे ३३ केजी सुन प्रकरणका मुख्य अभियुक्त हुन्, मोरङ, उर्लाबारीका चुडामणि उप्रेती । ‘गोरे’ उपनामले चिनिने उनलाई ‘गोल्ड डन’ पनि भन्ने गरिन्छ ।

उनी मध्यम वर्गीय परिवारमा हुर्किएका थिए । नेपाल प्रहरीका पूर्व प्रहरी सहायक निरीक्षकका छोरा उप्रेतीले भारतीय सेनामा जागिर खाने प्रयास पनि गरेको थिए । तर, त्यहाँ पुगेर सेनाको तालिम लिएको केही समयमै उनी भागेका थिए ।

प्रहरी उच्च अधिकारीहरुसँग हिमचिमबाट फाइदा उठाउँदै गोरेले सुन तस्करी गर्दै आएका थिए । यसअघि पनि उनको नाम तस्करीसँग नजोडिएको होइन तर, बच्दै आएका थिए । यो पटक सनमको हत्याभएपछि उनी अनुसन्धानको घेरामा तानिएका थिए । त्यहाँबाट भागेर उनी दूबई पुगेका थिए । त्यहाँ पनि उनले दूबई प्रहरीमा पनि जागिर खाए । स्वदेशमा छँदा मोरङ(११ फुटबल क्लबमा समेत आबद्ध उनको जीवनमा दूबई गएपछि भने एकाएक परिवर्तन आएको थियो ।

उनी निकट उर्लाबारीका एक व्यवसायी भन्छन्, ‘दूबई गएपछि एकाएक आर्थिक हैसियत फेरियो ।’

दूबई प्रहरीमा काम गर्दा नै उनले सुन तस्करी उपायको बारेमा जानकारी लिएको देखिन्छ । त्यसपछि दूबई प्रहरीको जागिर छाडेर तस्करीलाई धन्दा बनाएका थिए ।

जसलाई सफल बनाउन उनले प्रहरी अधिकारीसँग सम्बन्ध बढाए । दूबईमा प्रहरीको जागिर छाडेपछि निरन्तर नेपाल आउजाउ गर्न थाले ।

नेपालमा रहेका वेला उर्लाबारीका प्रतिष्ठित भनिएकाहरुसँग ‘मन्डे होटल’ मा दिनहुँ पार्टी चल्ने गरेको थियो । ‘उसले हाम्रो लागि प्रायः एउटा कोठा रिजर्भ गर्ने गरेका र्थि, ‘उनले कतिपयलाई स्कोर्पियो गाडीमा दिएका थिए ।’

देखिने गरी उनको उर्लाबारीमा डेढ विगा जग्गा र दुई तले पक्की घर बनाएका थिए । काठमाडौंको गोेरीघाटमा पनि आलिसान बंगला ठड्याएका उनले बानेश्वरमा दुई वटा कोठा भाडामा लिएर सुन स्टोर गर्ने गोदाम बनाएका थिए ।

हाल उनका भाइ र श्रीमति दुवै यूएईमा छन् । उनका परिवारका अधिकांश सदस्य उर्लाबारीबाट हिँडिसकेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत