कला

फिल्म ‘शत्रु गते’ ले ५१ औं दिन पार गर्‍यो

काठमाडौं । चलचित्र ‘शत्रु गते’ ले फिल्म रिलिजको ५१ औं दिन पार गरेको छ । 

निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेको र मह जोडीको प्रस्तुति रहेको फिल्मको सफलताको अवसरमा चलचित्र टिमले रात्री भोजको  आयोजना गरेको थियो । 
चलचित्र गत वर्षको चैत ९ गते रिलिज भएको हो ।

पारिवारिक कथामा निर्माण भएको चलचित्र ‘शत्रु गते’ मा हरिवंश आचार्य, पल शाह, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौा, रमेश रञ्जन झा, किरण केसी, आँचल शर्मा लगायतका नयाँ तथा पुराना पुस्ताले अभिनय गरेका छन् ।

लामो समयपछि नेपाली फिल्मले यसरी ५१ औं दिन मनाएको हो ।

वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्रलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । त्यस्तै हरिवंश आचार्यले  फिल्मको सफलताले अर्को फिल्म बनाउने बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत