जीवनशैली

के कारणले पित्तथैलीमा पत्थरी हुन्छ

के कारणले पित्तथैलीमा पत्थरी हुन्छ र पथ्थरी भएको कसरी थाहा पाउने । कलेजोको फेदमा सानो थैलो जस्तो हुन्छ यसलाई नै पित्तथैली भनिन्छ ।  पित्तथैलीको काम  पित्तथैलीले पित्तलाई कडा बनाउनको साथै पित्तको भण्डार गर्ने र खानामा आएको चिल्लो पदार्थलाई नियन्त्रण गर्ने काम गर्छ ।   पित्तथैलीले पित्तलाई कडा बनाउनको साथै पित्तको भण्डार गर्ने र खानामा आएको चिल्लो पदार्थलाई नियन्त्रण गर्ने काम गर्छ ।

पित्तथैलीमा पत्थरी हुने   यकीन कारण थाहा नभए पनि लवण, राता रत्तकोषहरु आदि नासिएर बनेका कणहरु पित्तथैलीमा जम्मा भएर लामो समय बस्दा स्राहो हुन्छ यसलाई नै पथ्थरी भन्निछ ।

लक्षण के–के हुन् ?

यो रोग लागेपनि लामो समय कुनै लक्षण देखा नपर्न सक्छ । 

१. पित्त उत्पादनमा कमी हुने भएकाले खाना अपच हुन्छ ।

२. बोसो भएको खानेकुरा खादा पेट पोल्ने, घोच्ने आदि समस्या हुन्छ ।

३.पेट दुख्ने । (विशेष गरेर दाँया भाग ) 

४. पत्थरी भएको लामो समय भए शरीरको दाँया भाग दुख्ने हुन्छ ।(हात, खुट्टा,कम्बर)

५.वाक्वाकी लाग्ने ।

पत्थरी हुँदा किन दुख्छ ? 

कलेजोबाट पित्तासयमा लगातार पित्त आउँछ । यसरी आएको पित्त आवश्यक्ता अनुसार पित्तासयबाट बग्दछ । पित्तसयसंगै पत्थरी पनि बग्न खोज्छ । तर साह्रो भएकाले बग्न नसक्दा पित्तासयको मुखमा ठोकिन्छ र दुख्छ । 

कसलाई हुन्छ पथ्थरी ?

यो रोग सबै लिंग र उमेर समुहका मानिसमा हुन्छ । तर ४०,४५ वर्ष उमेर पार गरेका महिलामा यो रोग बढी देखिन्छ । यस रोगका रोगीले बढी चिल्लो र मसलादार खाना खानु हुदैन् ।

उपचार के हो ?

यसको सबैभन्दा उत्तम उपचार पद्धति भनेकै शल्यक्रिया गरेर पथ्थरी झिक्नु हो ।  यो रोगको बेलैमा उपचार भएन भने क्यान्सरसम्मको खतरा हुन्छ । त्यस कारण कुनै लक्षण देखिने बित्तिकै स्वास्थ्य परीक्षण गराउनु पर्दछ ।एजेन्सिकाे सहयाेगमा
 

गाउँ सहर संवाददाता

तपाईँको मत