प्रेरणा

गाउँ सहर डटकमद्वारा दुःख व्यक्त 

काठमाडौँ । गाउँ सहर सञ्चार प्रा. लि. द्वारा गाउँ सहर डट कम अनलाइन संस्करणमा मिति २०७५ भदौ ८ गते ‘भगवान गौतम बुद्ध तेस्रोलिंगी हुनुहुन्थ्यो’ शिर्षक दिइ प्रकाशित समाचारले नेपाल बौद्ध महासंघको गम्भीर ध्यानाकर्षण भएकोमा दुःख व्यक्त गरेको छ । 

प्रकाशित पुस्तकको समाचारलाई लिएर बौद्ध महासंघले बताएजस्तो सामाजिक सद्भाव खल्बल्याउने, साम्प्रदायिक दंगा फैल्याउने कुनियत साथ प्रकाशन गर्ने उद्धेश्य नरहेको भन्दै गाउँ सहर डट कमले दुःख व्यक्त गरेको हो । 

हिज होलिनेस मोक्षतितद्वारा लिखित पुस्तक ‘ब्लू डाइमण्ड बुद्ध’ माइनोरोटी स्टडी सेन्टर मोक्षतित दर्शन इन्टरनेशनलले प्रकाशन गरेको हो । केवल प्रकाशित पुस्तकको बारेमा जानकारी दिने उद्धेश्यले समाचार प्रकाशित भएको जानकारी गराउँदै गाउँ सहरका सम्पादक शिव राज खड्काले भने, ‘समाचार कुनै नियोजित होइन, तर यसबाट पर्न गएको चोटप्रति हामी दुःखी छौँ ।’ 

प्रकाशित पुस्तकको समाचार/समीक्षा स्वयं लेखकले लेखेको र प्रकाशनयोग्य समाग्री मात्र प्रकाशन गरेको जानकारी गराउँदै यसबाट पर्न गएको चोटप्रति सचेत रहँदै गाउँ सहरले दुःख व्यक्त गरेको हो । 

बुद्धभूमिको जनताले बुद्धप्रतिको गलत प्रचार आफैँमा कदापी शैह्य नहुने र सामाजिक सद्भाव, पत्रकार आचारसंहिता, साथै सत्य, तथ्य र निष्पक्ष समाचारबाट टाढा जान नसक्नेकुरामा हामी गाउँ सहर कटिवद्ध रहेको समेत गाउँ सहर डट कमले बताएको छ । 
 

तपाईँको मत