सेवा

घुस रकम सहित सुब्बा नियन्त्रणमा 

  • ३० श्रावण बुधबार, २०७५ | १५:४७:०० मा प्रकाशित

काठमाडौँ । कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकीमा कार्यरत नायव सुब्बा रामप्रसाद भट्टराई अख्तियारको फन्दामा परेका छन् । 

गड्डाचौकीमा कार्यरत सुब्बा भट्टराईले भारत बनबासाबाट व्यापारिक प्रयोजनका माल वस्तु क्यारिङ गर्दा भन्सार शुल्कमा सहुलियत प्रदान गर्ने प्रलोभन देखाइ सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले नियन्त्रणमा लिएको हो । 

अदुआआ कञ्चनपुरको टोलीले निजलाई रु।१०,०००।– (दश हजार० घुसवापतको रकम लिइसकेको अवस्थामा मिति २०७५।०४।२९ गते नियन्त्रणमा लिइ अनुसन्धान कार्य गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
 

तपाईँको मत