इंग्ल्यान्ड जाँदै नेपाली क्रिकेट टोली, ओडीआई र टी-२० गरी ६ खेल खेल्ने
- गाउँ सहर संवाददाता
- ३ मङ्सिर बिहीबार, २०८३ | १६:४९:०० मा प्रकाशित
काठमाडौं । नेपालले जुन १ देखि हुने इंग्ल्यान्ड भ्रमणको पहिलो खेल स्टकल्यान्डसँग खेल्ने भएको छ । बिहीबार नेपाल क्रिकेट संघ (क्यान) र मेरिलिबोर्न क्रिकेट क्लबले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा संयुक्त रूपमा पत्रकार सम्मलेन आयोजना गरी भ्रमणबारे जानकारी दिएका हुन् ।
क्यानले भ्रमणको तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार भ्रमणमा नेपालले बंगलादेश, आयरल्यान्ड र स्कटल्यान्डसँग कुल ६ खेल खेल्नेछ । जसमा चार टी–२० र दुई एकदिवसीय खेल समावेश छन् ।
जुन ३ मा हुने दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । खेल इंल्यान्डको प्रसिद्ध लर्डस क्रिकेट मैदानमा हुनेछ । त्यसपछि नेपालले आयरल्यान्डसँग चार खेल खेल्नेछ । खेल सन् २०२७ जुन ६, ९, ११ र १२ मा हुनेछ । जुन ६ को खेल भने ५० ओभरको हुनेछ ।
पत्रकार सम्मलेनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले मेरिलिबोर्न क्रिकेट क्लबका प्रतिनिधिहरूलाई उक्त भ्रमण आयोजना गरेकोमा धन्यवाद दिएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- कर सप्ताहमा लेखनाथका व्यवसायीलाई कर शिक्षा
- हिमाल आरोहणबाट ३३ करोडभन्दा बढी राजस्व सङ्कलन, मनास्लुबाट मात्रै २२ करोड
- कम्पनीहरूलाई ठूलो राहत : कर, शुल्क र जरिवाना दाखिला गर्ने म्याद पुस मसान्तसम्म थपियो
- प्रधानमन्त्री आइतबार दिउँसाे भारत उड्दै, के–के छन् कार्यक्रम ?
- एकैदिन १२ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य
- रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर
- आज हरिबोधनी एकादशी, बूढानीलकण्ठ सहितका मन्दिरमा घुइँचो
- चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने
- महँगीको भुङ्ग्रोमा जनता : एक वर्षमै मुद्रास्फीति १.४७ बाट ६.३७ प्रतिशत, भान्सादेखि यातायातसम्म मूल्यवृद्धिको मार
प्रतिकृया दिनुहोस