रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर
- गाउँ सहर संवाददाता
- ४ मङ्सिर शुक्रबार, २०८३ | ०७:२६:०० मा प्रकाशित
अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले म्यान्माले सन् २०१७ मा रोहिङ्ग्या अल्पसङ्ख्यकमाथि नरसंहार गरेको ठहर गर्दै विस्थापित नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्कने वातावरण बनाउन आदेश दिएको छ ।
अदालतका अध्यक्ष युजी इवासावाले बिहीबार १५ न्यायाधीशमध्ये नौ जनाको समर्थनमा फैसला सुनाउँदै म्यान्माले नरसंहारसम्बन्धी महासन्धिको उल्लङ्घन गरेको बताए ।
अदालतका अनुसार म्यान्माका सुरक्षा फौजले हजारौँ रोहिङ्ग्या नागरिकको हत्या, व्यापक यौन हिंसा र बालबालिकामाथि चरम हिंसा गरेका थिए । प्रमाणले करिब १० हजार रोहिङ्ग्याको हत्या भएको देखाएको अदालतले जनाएको छ ।
फैसलाले म्यान्मालाई नरसंहारमा संलग्न व्यक्तिमाथि अनुसन्धान र कारबाही गर्न तथा पीडितलाई क्षतिपूर्ति दिन आदेश दिएको छ ।
सन् २०१९ मा गाम्बियाले म्यानमाविरुद्ध मुद्दा दायर गरेको थियो । हाल बङ्गलादेशमा करिब १२ लाख रोहिङ्ग्या शरणार्थी रहेका छन् । अदालतको फैसला अन्तिम र कानुनी रूपमा बाध्यकारी छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज हरिबोधनी एकादशी, बूढानीलकण्ठ सहितका मन्दिरमा घुइँचो
- चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने
- महँगीको भुङ्ग्रोमा जनता : एक वर्षमै मुद्रास्फीति १.४७ बाट ६.३७ प्रतिशत, भान्सादेखि यातायातसम्म मूल्यवृद्धिको मार
- पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
- इंग्ल्यान्ड जाँदै नेपाली क्रिकेट टोली, ओडीआई र टी-२० गरी ६ खेल खेल्ने
- राष्ट्रिय खेलकुद परिषदद्वारा एन्फामाथिको प्रशासनिक र आर्थिक निलम्बन फुकुवा
- जसपा नेपाल त्यागेका ७ जिल्लाका १८ जना जनप्रतिनिधिको पद रिक्त
- फाइनल पुग्न चितवन र सुदूरपश्चिमले खेल्ने
- संगठित अपराधको कसुरमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ, के हो आरोप ?
- नवनियुक्त उपाध्यक्ष आनी छोइङसहित लुम्बिनी विकास कोषका नवनियुक्त पदाधिकारीले सम्हाले कार्यभार
प्रतिकृया दिनुहोस