बाढीमा आएको एघारौं दिनमा दुई जनाकाे जीवितै उद्धार
- गाउँ सहर संवाददाता
- २० भदौ शनिबार, २०८३ | १५:४२:०० मा प्रकाशित
काठमाडाैं । भोटेकोसी बाढीमा परेका दुई जनाले एघारौं दिनमा नयाँ जीवन पाएका छन्।
भोटेकोसीमा भदौ १० गते बिहान आएको बाढीले सयौंको ज्यान लिएको छ भने हजारौं सम्पर्कविहीन छन्। बाढीमा परेका मानिसहरूको खोज तथा उद्धारमा तल्लिन खोजकर्ताले शनिबार दुई जनालाई उद्धार गरेका हुन्।
शनिबार दिउँसो नुवाकोटको विदुर नगरपालिका-१० स्थित वेत्रावतीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको अचेत अवस्थामा उद्धार गरिएको छ। सशस्त्र प्रहरी बलका इन्स्पेक्टर सुमन विकको नेतृत्वमा रहेको एपीएफ र नेपाल प्रहरीकाे संयुक्त टोलीले श्रेष्ठलाई घरभित्र अचेत अवस्थामा फेला पारेको हो।
उनी आफै घरको चौथो तालमा फेला परेकी हुन्। बाढीले घर पुरिएको छ। सशस्त्र प्रहरीको टोली पुरिएको घरभित्र खोज तथा उद्धार गर्ने क्रममा श्रेष्ठलाई भेटेको हो।
बाढी प्रभावित बस्तीका घरमा रहेका सामग्री हटाउने क्रममा उद्धार टोलीले उनको आवाज सुनेको खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरी बल १९ नं. गुल्मका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र राउतले बताए। घरभित्र आवाज सुनेपछि सशस्त्र प्रहरीको टोली उद्धार गरेको उनले बताए।
हिलोमा गाडिएको अवस्थामा रहेकी श्रेष्ठलाई उद्धार गरेर थप उपचारका लागि काठमाडौं ल्याइएको छ। अचेत अवस्थामा भेटिएकी उनी उद्धारपछि होसमा आएकी छन्।
त्यस्तै, नेपाली सेना र कोरियाली टोलीले माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको सुरुङबाट शनिबार दिउँसो एक जना चिनियाँ नागरिकको उद्धार गरेको छ। आयोजनाको अडिट-४ सुरुङबाट उनको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
उनी पनि सकुसल छन्। उद्धार पछि उपचारका लागि उनलाई नुवाकोटको त्रिशूलीस्थित सैनिक ब्यारेकमा लगिएको छ।
यसअघि शुक्रबार पनि दुई जनाको उद्धार गरिएको थियो। त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कविर महर्जनलाई उद्धार गरिएको थियो। दुवै जनाको उपचार भइरहेको छ।
बाढीमा परेर हालसम्म एक हजार ३४४ जनाको मृत्यु भएको छ। त्यस्तै, चार हजार ८८७ जना सम्पर्कविहीन छन्। उनीहरूको खोजी जारी रहेको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज हरितालिका तीज : पाशुपत क्षेत्रमा बिहानैदेखि भक्तजनको भिड
- बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
- हरितालिका तीज सुरु, आज दर खाइँदै
- रामेछाप कांग्रेसमा नेतृत्वको दौड, दुई पक्षबीच तानातान
- नेपाल एसीसी प्रिमियर कप च्याम्पियन हुँदै एसिया कपमा छनोट
- बाढीबाट १ हजार ८०० हेक्टर कृषियोग्य भूमि क्षति
- कुशे औँसीमा गोकर्णेश्वरमा क्रियटिभ सरसफाइको विशेष अभियान
- आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
- भोटेकोशी बाढी प्रभावितका लागि विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर
- आज जेनजी शहीद दिवस, देशभरि सार्वजनिक बिदा
प्रतिकृया दिनुहोस