राजनीति

बालेन्द्र शाहले लिए प्रधानमन्त्रीको शपथ, यी हुन् मन्त्रीहरू

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपालको ४३ औँ प्रधानमन्त्री पदमा नियुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाहले राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गरेका हुन् । 

यसअघि राष्ट्रपति पौडेलले शुक्रबार बिहान नेपालको संविधानको धारा ७६ (१)अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।  

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमानप्रधानमन्त्री सुशीला कार्की र पूर्व प्रधानमन्त्रीहरू उपस्थित थिए । समारोहमा संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित थिए ।  

प्रधानमन्त्रीको शपथ पहिलोपटक वैदिक–सनातन परम्परा झल्किने गरी गरिएको थियो । समारोहमा सात शङ्खबाट शङ्खनादसँगै १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले शुभ–मङ्गल पाठ गरेका थिए ।

रास्वपा वरिष्ठ नेता शाहलाई बिहीबार सो पार्टीले संसदीय दलका नेतामा सर्वसम्मत चयन गरेको थियो ।

प्रधानमन्त्री शाहसँगै नवनियुक्त मन्त्रीहरूले पनि पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रपति पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनियताको शपथ गराएका थिए। 

कसलाई कुन मन्त्रालय? 

प्रधानमन्त्री बालेन्द्र शाह: रक्षा र उद्योग मन्त्रालय

स्वर्णिम वाग्ले: अर्थ मन्त्रालय

सुधन गुरुङ: गृह मन्त्रालय

शिशिर खनाल: परराष्ट्र मन्त्रालय

सुनिल लम्साल: भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय

विराजभक्त श्रेष्ठ: ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय

खड्कराज पौडेल (गनेश): पर्यटन मन्त्रालय

सस्मित पोखरेल : शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय

निशा मेहता: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

विक्रम तिमिल्सिना: सञ्चार मन्त्रालय

प्रतिभा रावल: सामान्य प्रशासन मन्त्रालय

दीपक साह (महोत्तरी): श्रम मन्त्रालय

सोविता गौतम: कानुन मन्त्रालय

सीता बादी: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

गाउँ सहर संवाददाता

तपाईँको मत