देश नै नबच्ने हो कि भन्ने निराशा बढ्यो, भाषण, जादू र चमत्कारले देश बन्दैन : पूर्वराजा ज्ञानेन्द्र
- गाउँ सहर संवाददाता
- २६ पौष शनिबार, २०८२ | १७:२०:०० मा प्रकाशित
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देश नै नरहने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् । ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले हिजो देश नबनेकोमा चिन्ता भएपनि आज भने देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको जनाएका हुन् ।
सन्देशमा उनले नारायणहिटी राजदरबारबाट बाहिरिएको करिब दुई दशक बित्दा पनि देशले सामना गरिरहनु परेको संकटले आफूलाई चिन्तित तुल्याएको बताएका छन् ।
भाषण, जादू र चमत्कारले देश नबनेको र नबन्ने भन्दै उनले सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रुपमा काम गरेको राजसंस्था, जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुनै नसक्ने जनाएका छन् । सबै जनताले यो कर्तव्यबोध गरी पृथ्वीपथमा लाग्नुपर्ने उनले बताएका छन् ।
‘झण्डै दुई दशकअघि शान्ति ल्याउँछौं र आर्थिक प्रगतितर्फ देशलाई लैजान्छौं र स्थायित्व दिन्छौं भनेर सत्तामा पुगेका दलहरूको चाहना अनुसार, हामीले श्रीपेच जनताको नासो जनताकै सुरक्षित संरक्षित निकायमा बुझाइ सहयोगी नियतका साथ राजकाजबाट बाहिरै रहेको सर्वविदितै छ ।’ भिडियो सन्देशमा उनले भनेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चितवनलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमकाे दाेस्राे जित
- एनपीएलः काठमाडौँको पहिलो जित, कर्णालीको पहिलो हार
- पोखरा–२९ स्थित आदर्श युवा क्लबको अध्यक्षमा हमाल
- जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार
- मधेशी युवालाई वक्ताहरूको आह्वान : अब अरूको मुख नताकौँ, आफैँ नेतृत्व गरौँ
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
प्रतिकृया दिनुहोस