नेपाल टेलिकमले ल्यायो दसैँ, तिहार र छठ पर्वको अफर
- गाउँ सहर संवाददाता
- ६ असोज सोमबार, २०८२ | १२:५७:०० मा प्रकाशित
काठमाडाैं । नेपाल टेलिकमले नेपालीहरूको महान पर्व दसैँ, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकका लागि विभिन्न आकर्षक अफर सार्वजनिक गरेकाे छ।
टेलकमले सूचना जारी गर्दै यस वर्षको ‘दसैँ-तिहार-छठ अफर २०८२’ अन्तर्गत मोबाइल सेवामा सहुलियत दरका डाटा र भ्वाइस प्याकेजहरु उपलब्ध गराइएकाे जानकारी दिएकाे हाे।
याे प्याजेक अन्तर्गत आज असाेज ६ गतेदेखि ३१ गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकलाई जडान शुल्क (रु. ५००) मिनाहा गरिएको छ।
मोबाइल डाटा प्याकेज अफर अन्तर्गत जीएसएम ग्राहकहरूका लागि विशेष डाटा प्याकेजहरु उपलब्ध हुने टेलिकमले जनाएकाे छ।
टेलिकमका अनुसार ४९९ मा ५ जीबी फेस्टिवल अनलिमिटेड डाटा प्याकेजमा दैनिक ५ जीबी डाटा प्रयोग गर्न सकिनेछ। ५ जीबी डाटा सकिएपछि २ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा चलाउन पाइनेछ।
रु. ६९९ मा १० जीबी फेस्टिवल अनलिमिटेड प्रिमियम डाटा प्याकेज: यो प्याकेजमा दैनिक १० जीबी डाटा प्रयोग गर्न सकिनेछ। १० जीबी डाटा सकिएपछि ३ Mbps को गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ।
भ्वाइस र एसएमएस प्याकेज
डाटा प्याकेजका अतिरिक्त भ्वाइस र एसएमएस प्याकेज पनि उपलब्ध छन्:
रु. २५० मा १००० मिनेट अल-नेट भ्वाइस सुविधा: यसमा तपाईंले जुनसुकै नेटवर्कमा कल गर्न १००० मिनेट पाउनेछन्।
रु . ९९ मा १००० अन-नेट एसएमएस सुविधा: यो प्याकेजमा नेपाल टेलिकमको नेटवर्कभित्रका अन्य नम्बरहरुमा १००० एसएमएस पठाउन सकिनेछ।
यी सबै प्याकेजहरुको समयावधि प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोष्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिन रहेको छ।
यी अफरहरु असोज ६ देखि २० गतेसम्म र कार्तिक १ देखि १० गतेसम्म खरिद गर्न सकिनेछ। प्याकेज खरिद गर्न तपाईंले आफ्नो मोबाइलबाट *1415*11# डायल गर्न वा ‘नेपाल टेलिकम एप’ प्रयोग गर्न सकिनेछ।
यी प्याकेजहरूले चाडपर्वको समयमा आफ्ना ग्राहकहरुलाई थप सम्पर्कमा रहन र खुशी बाँड्न सहयोग पुग्ने विश्वास पनि टेलिकमले व्यक्त गरेको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस