रिलायन्स इन्टरनेशनल एकेडेमी 'एकेडेमी एक्सिलेन्स अवार्ड' द्वारा सम्मानित
- गाउँ सहर संवाददाता
- ३० श्रावण शुक्रबार, २०८२ | ०८:२५:०० मा प्रकाशित
.jpeg)
काठमाडौं । काठमाडाैं बुढानीलकण्ठमा रहेकाे रिलायन्स इन्टरनेशनल एकेडेमीले ‘एकेडेमी एक्सिलेन्स अवार्ड, २०८१’ द्वारा सम्मानित भएकाे छ ।
२०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नेपालभरबाटै सर्वाेत्कृष्ट नतिजा ल्याउन सफल रिलायन्सलाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडाैंले सम्मान गरेकाे हाे ।
रिलायन्स इन्टरनेशलन एकेडेमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नेपालभरबाटै २० जना विद्यार्थीले ४ जीपीएसहित सर्वाेत्कृष्ट नतिजा ल्याउन सफल थियाे । एसइईमा कुल १०२ जना परीक्षार्थी सहभागी रहेकोमा ७८ जनाले ३.६० देखि ३.९९ जीपीए, ५ जनाले ३.३३ देखि ३.५९ जीपीए प्राप्त गरेका थिए ।
सम्मानितपछि विद्यालयका प्राचार्य खेमलाल भुषालले देशभरबाट एसइईमा सबैभन्दा धेरै ४ जीपीए ल्याउन सफल भइ सम्मानित भएकाेमा खुशी ब्यक्त गरे ।
प्राचार्य भुसालले भने-'गुणस्तरिय शिक्षा हाम्राे पहिलो सर्त हो । त्यससँगै विद्यार्थीको सर्वाङ्गीण विकासमा रिलायन्सले जोड दिँदै आएको छ । पढाईका साथसाथै विद्यार्थीलाई जिम्मेवार एवं असल नागरिक बन्न प्रेरित गर्ने शैक्षिक वातावरणका साथै विभिन्न अतिरिक्त क्रियाकलापमा पनि जाेड दिँदै आएकोले याे नतिजा प्राप्त भएकाे हाे । याे अवार्ड शिक्षक, विद्यार्थी, अभिभावकसहित समग्र विद्यालय व्यवस्थापनप्रति समर्पित गर्न चाहन्छु ।'
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित कपन मिलनचाेकमा रहेको एकेडेमीले एसएसीदेखि एसईईसम्म आइपुग्दा उत्कृष्ट नतिजा हात पार्दै आएको छ । २०५० सालदेखि सञ्चालनमा रहेको उक्त एकेडेमीले २०७० सालको एसएलसी र २०७५ सालको एसईई परीक्षामा समेत उत्कृष्ट नतिजा हासिल गरेको थियो । २०७९ काे एसईई बागमती प्रदेशमा संस्थागत विद्यालयतर्फबाट नतिजामा पहिलो बनेर बागमती प्रदेश सरकारबाट सम्मानितसमेत भएको थियाे भने गत वर्ष दाेस्राे भएकाे थियाे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस