गाउँ सहर
शनिश्चरे–खुदुनाबारी जोड्ने बिरिङ खोलाको पुल बाढीले भत्कायो
- गाउँ सहर संवाददाता
- २८ श्रावण बुधबार, २०८२ | १७:२१:०० मा प्रकाशित

झापा । विर्तामोडबाट इलामको माई नगरपालिका जोड्ने अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलाको पक्की पुल आज बाढीले बगाएको छ । पुल बगाएसँगै शनिश्चरे–खुदुनाबारी आउजाउ गर्ने सो सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।
उक्त पुल दुई वर्षअघि भाँसिएको थियो । पुल भाँच्चिएर सडक अवरुद्ध भएपछि दक्षिणमा अर्जुनधाराधाम हुँदै जाने अर्को सडकको बिरिङ पुलबाट यातायात सञ्चालन भइरहेको छ ।
वि.संं २०६५ मा भारत सरकारको रु दुई करोड सहयोगमा उक्त पुल निर्माण गरिएको थियो । पुल निर्माणसँगै सो सडकमा लामो दूरीका यातायातसमेत चल्न थालेका थिए
तस्बिर-खगेन्द्रप्रसाद भट्टराई

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस