फोनिजद्वारा पत्रकार नयाँघरे र श्रेष्ठ सम्मानित
- गाउँ सहर संवाददाता
- २४ श्रावण शनिबार, २०८२ | २१:३१:०० मा प्रकाशित
काठमाडाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औँ स्थापना दिवसका अवसरमा रामेछापका दुई जना पत्रकारलाई सम्मानित भएका छन् ।
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछाप शाखाले जिल्लाका दुई पत्रकार ज्ञानु श्रेष्ठ र बद्री नयाँघरेलाई नगदसहित सम्मान गरिएकाे हाे ।
शनिवार आयोजना गरेको कार्यक्रममा उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार २०८२ पत्रकार श्रेष्ठलाई र खोज पत्रकारिता वर्ष पुरस्कार २०८२ पत्रकार नयाँघरेलाई प्रदान गरिएको हो।
कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ र फोनिज बाग्मती प्रदेश अध्यक्ष युवराज श्रेष्ठले पत्रकार श्रेष्ठलाई नगद १० हजार रुपैयाँ र नयाँघरेलाई नगद ५ हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरे।
झन्डै डेढ दशकदेखि पत्रकारितामा सक्रिय ज्ञानु श्रेष्ठ हाल कोसिस न्युज डटकमका सम्पादक छन्।
त्यस्तै, तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय बद्री नयाँघरे नेपाल अभियान डटकमका अध्यक्ष तथा पालिका आवाज साप्ताहिक पत्रिकाका सम्पादक हुन्।
हालसम्म उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार सात जना र खोज पत्रकारिता वर्ष पुरस्कार चार जनालाई प्रदान गरिसकिएको फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठले बताए।
हरेक वर्ष श्रावण २७ गते फोनिजले देशभर विभिन्न कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाउँदै आएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
प्रतिकृया दिनुहोस