शिक्षा

रिलायन्स एकेडेमीले पाँचौँ राष्ट्रव्यापी एसइई खुला निबन्ध प्रतियोगिता गर्दै

काठमाडाैं । रिलायन्स कलेजले इन्टरनेशनल एकेडेमीले पाँचौँ राष्ट्रव्यापी एसइई खुला निबन्ध प्रतियोगिताकाे लागि आव्हान गरेकाे छ । 

काठमाडाैंकाे चाबहिल सरस्वतीनगरस्थित कलेजले देशभरबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै प्रतियोगिता आयोजना गर्न लागेकाे हो।

प्रतियोगिताको यस पटकको शीर्षक “मोबाइल प्रविधिको प्रयोग: सुविधा कि समस्या?” तोकिएको छ। विद्यार्थीहरूले जेठ १ गतेदेखि असार १० गतेसम्म निबन्ध पठाउन सक्नेछन्।

कलेजका प्रधानाध्यापक रविन्द्र जङ्ग थापाका अनुसार निबन्ध नेपाली वा अङ्ग्रेजी भाषा मध्ये कुनै एक भाषामा लेखी कलेजले दिएको इमेल ठेगाना ([email protected]) मा पठाउन सकिनेछ वा कलेजमा भौतिक रूपमा बुझाउन पनि सकिनेछ। देशभरका एसइई दिएका विद्यार्थीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूमध्ये उत्कृष्ट १३ जनालाई नगद, प्लस टु अध्ययनका लागि ठुलो मात्रामा छात्रवृत्ति, प्रमाण पत्र तथा अन्य पुरस्कार प्रदान गरिने कलेजका शैक्षिक निर्देशक वीरेन्द्रकुमार मेहताले जानकारी दिए।

उनका अनुसार, प्रथम हुने एक जनालाई रु. १५,००० नगद, कक्षा ११ को भर्नामा शतप्रतिशत छुट र १२ महिनाको मासिक शुल्क छुट दिइनेछ। द्वितीय हुने एक जनालाई रु. १०,००० नगद, कक्षा ११ को भर्नामा शतप्रतिशत छुट र ९ महिनाको मासिक शुल्क छुट गरिनेछ।

त्यस्तै तृतीय हुने एक जनालाई रु. ६,००० नगद, कक्षा ११ को भर्नामा शतप्रतिशत छुट र ६ महिनाको मासिक शुल्क छुट प्रदान गरिनेछ। साथै सान्त्वना प्राप्त गर्ने १० जनालाई रु. २,५०० नगद, कक्षा ११ को भर्नामा ५० प्रतिशत छुट र २ महिनाको मासिक शुल्क छुट दिइनेछ। सबै १३ जना विजयी विद्यार्थीहरूलाई प्रमाण पत्र तथा अन्य पुरस्कारहरूमार्फत सम्मान गरिनेछ।

सामाजिक उत्तरदायित्वलाई बहन गर्ने र एसइई दिएर बसेका विद्यार्थीहरूको लेखन तथा सृजनात्मक प्रतिभालाई उजागर गर्ने उद्देश्यले कलेजले हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको छ।

प्रतियोगिताको नतिजा २०८२ साल असार २० गते रिलायन्स कलेजको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिनेछ र विजेता विद्यार्थीहरूलाई कलेजमा आयोजना गरिने कार्यक्रमबीच पुरस्कार वितरण गरिने जनाइएकाे छ। विजेताले पुरस्कार प्राप्त गर्दा अनिवार्य रूपमा एसइईको प्रवेश पत्रको प्रतिलिपि बुझाउनुपर्नेछ।

गाउँ सहर संवाददाता

तपाईँको मत