प्रतिनिधिसभाको बैठक बस्ने यस्तो कार्यसूची तर निश्चित छैन
- गाउँ सहर संवाददाता
- २५ जेठ आइतबार, २०८२ | ०६:५७:०० मा प्रकाशित

काठमाडाैं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। बैठक आइतबार दिउँसो एकबजे बस्ने गरी समय निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ।
भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्षी दलहरुले लगातार अवरुद्ध गर्दा यसअघिका बैठक कार्यसूचीमा प्रवेश गर्न पाएका छैनन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन्। सोही कारण बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।
आजको बैठक पनि बस्ने नबस्ने निश्चित छैन। आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची तय भएको छ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची पनि छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागार्जुनका मेयर बस्नेतले ९ करोड २२ लाख घुस खाएको ठहर
- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार
- प्रधानमन्त्रीकाे उपस्थितिमा ट्राफिक प्रहरी प्रमुखले उद्घाटन गरे ग्वार्काेकाे ओभरपास
- रास्वपा र राप्रपाले बहिष्कार गरेपनि चलिरहेछ प्रतिनिधिसभा बैठक (लाइभ)
- प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नाेत्तर
- त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालकाे शानदार जित
- घट्याे दाेहाेराे अंकले नेप्से
- संसदमा चर्काचर्की (लाइभ)
- बाढी महाशाखाद्वारा आज काठमाडौँसहित ५६ जिल्लामा सतर्कता अपनाउन अनुराेध
- टी-२० सिरिजमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै
प्रतिकृया दिनुहोस