विश्वकप लिग-२ मा आज स्कटल्याण्डसँग खेल्दै नेपाल
- गाउँ सहर संवाददाता
- २५ जेठ आइतबार, २०८२ | ०६:४७:०० मा प्रकाशित

काठमाडाैं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज पुनः स्कटल्याण्डसँग खेल्दैछ।
स्कटल्याण्डमा जारी नेपाल, नेदरल्याण्ड्स र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजमा नेपालले आज तेस्रो खेल खेल्न लागेको हो।
फोर्टहिल डुन्डीमा नेपाली समयअनुसार खेल दिउँसो पौने ४ बजेदेखि सुरू हुनेछ।
नेपालले स्कटल्याण्डविरूद्ध पहिलो खेलमा १ विकेटको रोमाञ्जक जित हासिल गरेको थियो।
सिरिजमा नेपाल अपराजित छ। स्कटल्याण्डलाई पराजित गरेपछि नेदरल्याण्डविरूद्धको खेलमा पनि नेपाल ५ विकेटले विजयी भएको थियो।
नेपालले सिरिजको अन्तिम खेल पुनः नेदरल्याण्डसँग आगामी बिहीबार खेल्नेछ।
लिग-२ को अंक तालिकामा नेपाल १० अंकसहित सातौं स्थानमा छ। नेपालले अहिलेसम्म १४ खेल खेलेको छ। १६ खेल खेलेको युएई ६ अंकसहित पुछारमा छ।
शीर्षस्थानको अमेरिकाले २० खेलबाट २८ अंक बनाएको छ।
दोस्रो स्थानमा नेदरल्याण्ड्स छ। उसले २२ खेलबाट २६ अंक जोडेको छ।
त्यस्तै तेस्रो स्थानको ओमानले २० खेलबाट २४ अंक, चौथो स्थानको स्कटल्याण्डले १८ खेलबाट २२ अंक र पाँचौं स्थानको क्यानडाले २० खेलबाट २० अंक जोडेको छ।
नेपालभन्दा एक स्थान माथि रहेको नामिबियाले २० खेलबाट १४ अंक जोडेको छ।
नेपाली टोलीः रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप-कप्तान), आसिफ सेख (विकेट किपर), कुशल भुर्तेल, अनिल साह, आरिफ सेख, भीम सार्की, बसिर अहमद, गुलशन झा, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, नन्दन यादव, कारण केसी, रिजन ढकाल।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागार्जुनका मेयर बस्नेतले ९ करोड २२ लाख घुस खाएको ठहर
- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार
- प्रधानमन्त्रीकाे उपस्थितिमा ट्राफिक प्रहरी प्रमुखले उद्घाटन गरे ग्वार्काेकाे ओभरपास
- रास्वपा र राप्रपाले बहिष्कार गरेपनि चलिरहेछ प्रतिनिधिसभा बैठक (लाइभ)
- प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नाेत्तर
- त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालकाे शानदार जित
- घट्याे दाेहाेराे अंकले नेप्से
- संसदमा चर्काचर्की (लाइभ)
- बाढी महाशाखाद्वारा आज काठमाडौँसहित ५६ जिल्लामा सतर्कता अपनाउन अनुराेध
- टी-२० सिरिजमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै
प्रतिकृया दिनुहोस