करण केसीकाे उत्कृष्ट ब्याटिङमा नेपालको कीर्तिमानी जित
- गाउँ सहर संवाददाता
- २० जेठ मंगलबार, २०८२ | ०६:२५:०० मा प्रकाशित

काठमाडौं । करण केसीले सानदार ब्याटिङ गर्दै ओडिआई करियरमा पहिलो अर्धशतक प्रहार गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा घरेलु टोली स्कटल्याण्ड विरुद्ध कीर्तिमानी जित हात पारेको छ ।
नवौँ नम्बरमा ब्याटिङ गरेका करणले अविजित ६५ रन बनाएपछि लिग २ शृंखलाको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई १ विकेटले हराएको हो । स्कटल्याण्डले दिएको २९७ रनको लक्ष्य नेपालले अन्तिम बल बाँकी छँदा ९ विकेट गुमाएर पूरा गर्यो । करणले ४१ बल खेल्दै ३ चौका र ४ छक्का मदतमा अविजित ६५ रन बनाए । उनी म्यान अफ द म्याच पनि घोषित भए ।
नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठूलो लक्ष्य पूरा गर्दै कीर्तिमान बनाएको हो । यसअघि नेपालले क्यानडासँग २८७ रनको लक्ष्य पूरा गर्दै खेल जितेको सबैभन्दा सफल रन चेज थियो ।
१९२ रनमा ७ विकेट गुमाएको अवस्थामा करण र गुल्सन झाले आठौं विकेटका लागि ६० रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
नेपाललाई अन्तिम ६ ओभरमा ६८ रन आवश्यक थियो र ३ विकेट मात्र बाँकी थियो । गुल्शन झाले ४५औं ओभरमा २ छक्का प्रहार गरे भने ४६औं ओभरमा उनी आउट भएपछि नेपाललाई ४ ओभरमा ४३ रन चाहिने अवस्था थियो ।
त्यसपछिको ओभरमा सफिया सरिफले जम्मा ५ रन मात्र दिएपछि अन्तिम ३ ओभरमा ३८ रन आवश्यक रहँदा नेपाल १५९-८ को अवस्थामा थियो । करणले ४८औं ओभरमा एक छक्कासहित सन्दीप लामिछानेसँग मिलेर १३ रन जोडेपछि अन्तिम २ ओभरमा २५ रन आवश्यक भयो ।
४९औं ओभरमा सफिया सरिफलाई एक छक्का र २ चौका प्रहार गर्दै उक्त ओभरमा कुल १८ रन जोडेपछि नेपाललाई अन्तिम ओभरमा ७ रन मात्र चाहिएको थियो ।
अन्तिम ओभरको पहिलो बलमा सन्दीप लामिछाने क्याचआउट भएपछि रिन ढकालले एक बल वाइड र एक बल डट खेलेपछि १ रन लिएर करणलाई स्ट्राइक दिए । करणले त्यसपछिको २ बलमा २-२ रन जोडेपछि अन्तिम बलमा १ रन आवश्यक थियो ।
उक्त बल डाउन द लेग वाइड भएपछि बाइको रन लिन पनि भागेका रिजन रनआउट भए तर अम्पायरले वाइडको इशारा गरेपछि नेपालले १ विकेटको रोमाञ्चक जित हात पारेको हो ।
त्यसअघि नेपालका लागि ओपनर कुशल भुर्तेलले ५३ रन बनाए । गुल्शन झाले ४२, भीम सार्कीले ४०, कप्तान रोहित पौडेलले ३७ रन बनाए ।
स्कटल्याण्डका ब्रान्डन म्याकमुलेनले १० ओभरमा ४७ रन दिएर ३ विकेट लिए । ज्याक जार्भिस र माइकल लिस्कले २-२ तथा जास्पर डेभिडसन र मार्क वाटले १-१ विकेट लिए ।
त्यसअघि डुन्डीमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनाउँदै नेपाललाई २९७ रनको लक्ष्य दिएको हो ।
स्कटल्याण्डका लागि ओपनर चार्ली टियरले सर्वाधिक ८० रन बनाए । टियरले ७२ बल खेल्दै १२ चौका र १ छक्का प्रहार गरे । यस्तै फिनले म्याकरिथले ५५, कप्तान रिची बेरिङटनले ४० र म्याथ्यु क्रसले ३९ रन बनाए ।
नेपालका लागि करण केसीले १० ओभरमा १ मेडन राख्दै ४३ रन दिएर २ विकेट लिए । त्यस्तै सोमपाल कामीले १० ओभरमा ६६ तथा रिजन ढकालले १० ओभरमा ७८ रन खर्चेर २-२ विकेट लिए । सन्दीप लामिछानेको नाममा १ विकेट रह्यो ।
यस जितपछि नेपाल १३ खेलबाट ८ अंक जोडेर अंकतालिकामा सातौं स्थानमा उक्लिएको छ। स्कटल्याण्ड १७ खेलमा २० अंकका साथ चौथो स्थानमा छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेदरल्याण्ड्समाथि नेपालकाे शानदार जित
- “युवाले हाल जे–जस्तो छ, त्यसैमा सन्तोष मान्नु हुन्न- परिवर्तनका लागि र राम्राका लागि लाग्ने स्वभाव बोक्नुपर्छ”
- नेदरल्यान्डलाई जित्न नेपालले २२६ रन बनाउनुपर्ने
- भोलिसम्मका लागि सर्यो प्रतिनिधिसभाकाे बैठक
- राष्ट्रियसभा बैठकमा के छलफल भइरहेकाे छ ? (लाइभ)
- सेयर बजारमा दोहोरो अंकको गिरावट, काराेबार पनि ५ अर्बमै सीमित
- यी प्रदेशमा धेरै वर्षाको सम्भावना
- संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, के गर्लान् विपक्षी ?
- राइड सेयरिङ नियमावली एक महिना स्थगित गर्ने गण्डकी सरकारको निर्णय
- सङ्घीय संसदमा यी विषयमा छलफलकाे कार्यसूची, अवरोध जारी राख्ने विपक्षीकाे तयारी
प्रतिकृया दिनुहोस