रामबहादुर बमजनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश
- गाउँ सहर संवाददाता
- १३ जेठ मंगलबार, २०८२ | ०६:४२:०० मा प्रकाशित

काठमाडाैं । सम्पत्ति शुद्धीकरणको मुद्दामा तपश्वी दाबी गर्ने विवादित रामबहादुर बमजन पुर्पक्षको लागि थुनामा पठाउन आदेश भएको छ।
सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बमजनलाई सोमबार पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो। सम्पत्ति शुद्धीकरणको मुद्दा बाँकी रहेकाले बमजन आफै अदालतमा हाजिर भएका थिए। उक्त मुद्दामा थुनछेक बहस भएसँगै अदालतले थुनामा पठाउन आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरणमा ८ करोड ५९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको थियो। चितवनमा रहेको बमजनको ६४ लाख बराबरको जग्गा र बरामद भएको रकम समेतलाई कायम गरी मुद्दा दायर भएको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बमजनलाई लामो समयको अनुसन्धानपछि २०८० पुस २४ गते पक्राउ गरेको थियो। उनलाई काठमाडौंबाट पक्राउ गर्दा विभिन्न १७ वटा देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरका मुद्रा र ३ करोड ३४ लाख नेपाली नगद बरामद गरेको थियो।
उनलाई पक्राउ गरी कारबाहीका लागि सर्लाही पठाएको थियो। अनुसन्धान र अभियोजन गरी अदालतमा पेस गरेको थियो। अदालतले गत असार १७ गते जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बलात्कार कसुरमा उनलाई १० वर्ष कैद सजाय सुनाएको थियो। पीडितलाई बालिकालाई ५ लाख क्षतिपूर्ति दिन पनि भनिएको थियो।
उनीविरूद्ध रौतहटकी गंगामाया तामाङले जाहेरी दिएकी थिइन्। आफू १४ वर्षकी हुँदा बमजनले आफूमाथि बलात्कार गरेको भन्दै जाहेरी दिएकी हुन्।
उक्त फैसलालाई उच्च अदालत जनकपुरले उल्ट्याउँदै बमजनलाई सफाइ दिएको थियो। गत चैत ६ गते न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले उनलाई सफाइ दिने फैसला गरेको थियो।
फैसलापछि कारागारबाट छुटेका बमजन सम्पत्ति शुद्धीकरणको मुद्दामा पुन: पुर्पक्षका लागि कारागार चलान भएका हुन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस