गङ्गानारायण नेतृत्वको नेसपा माओवादी केन्द्रमा समायोजन, पाए सचिवको जिम्मेवारी
- गाउँ सहर संवाददाता
- १२ जेठ सोमबार, २०८२ | १४:४८:०० मा प्रकाशित
काठमाडौं । गङ्गानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) नेकपा (माओवादी केन्द्र)मा समायोजन भएको छ ।सोमबार ललितपुरको ग्वार्कोमा एक कार्यक्रमबीच श्रेष्ठ नेतृत्वको नेसपा माओवादी केन्द्रमा समायोजन भएको हो ।
समायोजन कार्यक्रममा माओवादी केन्द्रका महासचिव देव गुरुङले श्रेष्ठ नेतृत्वको नेसपा माओवादी केन्द्रमा समायोजन भएको घोषणा गरे । साथै, उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र श्रेष्ठबीच पाँच बुँदे सहमति भएको घोषणा गरे । उनकाअनुसार पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओवाद हुने र पार्टीको कार्यक्रम नेपाली विशेषता अनुरूपको समाजवादी क्रान्तिको हुने सहमति भएको बताए ।
यस्तै उनले समाजवादी क्रान्तिका लागि परिस्थिति अनुसार सडक, सदन र सरकार लगायतका सबै प्रकारका आन्दोलनका स्वरूपलाई अवलम्वन गरिने र तत्कालका कार्यनीतिका विषयमा पार्टीभित्र छलफल र आपसी सहमतिको आधारमा तय गरिने सहमति भएको बताए ।
साथै पार्टीमा विचारको स्वतन्त्रता र काम कारबाहीमा एकरूपताको जनवादी केन्द्रियता सैद्धान्तिक मान्यताअनुसार पार्टीलाई सञ्चालन गरिने र कतिपय वैचारिक विषयहरूमा महाधिवेशनसम्म पार्टी पङ्तीमा छलफल गर्न सकिने सहमति भएको उनले जानकारी गरए । महासचिव गुरुङकाअनुसार श्रेष्ठलाई माओवादी केन्द्रको केन्द्रिय सचिवको जिम्मेवारी दिइएको छ ।
उनले भने,’पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओवाद हुनेछ । पार्टीको कार्यक्रम नेपाली विशेषता अनुरूपको समाजवादी क्रान्तिको हुनेछ । समाजवादी क्रान्तिका लागि परिस्थितिअनुसार सडक, सदन र सरकार लगायतका सबै प्रकारका आन्दोलनका स्वरूपलाई अवलम्बन गरिनेछ । तत्कालका कार्यनीतिका विषयमा पार्टीभित्र छलफल र आपसी सहमतिको आधारमा तय गरिनेछ । पार्टीमा विचारको स्वतन्त्रता र काम कारबाहीमा एकरूपताको जनवादी केन्द्रियता सैद्धान्तिक मान्यता अनुसार पार्टीलाई सञ्चालन गरिनेछ । कतिपय वैचारिक विषयहरूमा महाधिवेशनसम्म पार्टी पङ्ती छलफल गर्न सकिनेछ । पार्टी समायोजनको नेतृत्व गरिरहनुभएका गङ्गानारायण श्रेष्ठलाई नेकपा (माओवादी केन्द्र)को केन्द्रिय सचिव र समायोजन हुने बाँकी सबै कमरेडहरूलाई सम्मानजनक रूपमा सङ्गठनात्मक जिम्मेवारीसहितको कार्य विभाजन गरिनेछ ।’
श्रेष्ठसहित १७ केन्द्रीय कार्यकारिणी सदस्य र करिब एक सय जना केन्द्रिय सदस्यहरू माओवादी केन्द्रमा समायोजन भएको बताइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
प्रतिकृया दिनुहोस