गङ्गानारायण नेतृत्वको नेसपा माओवादी केन्द्रमा समायोजन, पाए सचिवको जिम्मेवारी
- गाउँ सहर संवाददाता
- १२ जेठ सोमबार, २०८२ | १४:४८:०० मा प्रकाशित

काठमाडौं । गङ्गानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) नेकपा (माओवादी केन्द्र)मा समायोजन भएको छ ।सोमबार ललितपुरको ग्वार्कोमा एक कार्यक्रमबीच श्रेष्ठ नेतृत्वको नेसपा माओवादी केन्द्रमा समायोजन भएको हो ।
समायोजन कार्यक्रममा माओवादी केन्द्रका महासचिव देव गुरुङले श्रेष्ठ नेतृत्वको नेसपा माओवादी केन्द्रमा समायोजन भएको घोषणा गरे । साथै, उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र श्रेष्ठबीच पाँच बुँदे सहमति भएको घोषणा गरे । उनकाअनुसार पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओवाद हुने र पार्टीको कार्यक्रम नेपाली विशेषता अनुरूपको समाजवादी क्रान्तिको हुने सहमति भएको बताए ।
यस्तै उनले समाजवादी क्रान्तिका लागि परिस्थिति अनुसार सडक, सदन र सरकार लगायतका सबै प्रकारका आन्दोलनका स्वरूपलाई अवलम्वन गरिने र तत्कालका कार्यनीतिका विषयमा पार्टीभित्र छलफल र आपसी सहमतिको आधारमा तय गरिने सहमति भएको बताए ।
साथै पार्टीमा विचारको स्वतन्त्रता र काम कारबाहीमा एकरूपताको जनवादी केन्द्रियता सैद्धान्तिक मान्यताअनुसार पार्टीलाई सञ्चालन गरिने र कतिपय वैचारिक विषयहरूमा महाधिवेशनसम्म पार्टी पङ्तीमा छलफल गर्न सकिने सहमति भएको उनले जानकारी गरए । महासचिव गुरुङकाअनुसार श्रेष्ठलाई माओवादी केन्द्रको केन्द्रिय सचिवको जिम्मेवारी दिइएको छ ।
उनले भने,’पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओवाद हुनेछ । पार्टीको कार्यक्रम नेपाली विशेषता अनुरूपको समाजवादी क्रान्तिको हुनेछ । समाजवादी क्रान्तिका लागि परिस्थितिअनुसार सडक, सदन र सरकार लगायतका सबै प्रकारका आन्दोलनका स्वरूपलाई अवलम्बन गरिनेछ । तत्कालका कार्यनीतिका विषयमा पार्टीभित्र छलफल र आपसी सहमतिको आधारमा तय गरिनेछ । पार्टीमा विचारको स्वतन्त्रता र काम कारबाहीमा एकरूपताको जनवादी केन्द्रियता सैद्धान्तिक मान्यता अनुसार पार्टीलाई सञ्चालन गरिनेछ । कतिपय वैचारिक विषयहरूमा महाधिवेशनसम्म पार्टी पङ्ती छलफल गर्न सकिनेछ । पार्टी समायोजनको नेतृत्व गरिरहनुभएका गङ्गानारायण श्रेष्ठलाई नेकपा (माओवादी केन्द्र)को केन्द्रिय सचिव र समायोजन हुने बाँकी सबै कमरेडहरूलाई सम्मानजनक रूपमा सङ्गठनात्मक जिम्मेवारीसहितको कार्य विभाजन गरिनेछ ।’
श्रेष्ठसहित १७ केन्द्रीय कार्यकारिणी सदस्य र करिब एक सय जना केन्द्रिय सदस्यहरू माओवादी केन्द्रमा समायोजन भएको बताइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गृहमन्त्री लेखक भन्छन्-'मेरोविरुद्ध कुनै उजुरी छ ? काहीँ छानबिन भइरहेको छ ?'
- बागमती सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत, यी हुन प्राथमिकताका विषय (पूर्णपाठ)
- बुधबार सेयर बजार परिसूचक नेप्से १७.४४ अंक बढ्याे
- प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षीको अवरोध
- अमेरिकाले विद्यार्थी भिसा प्रक्रियामा लगायो प्रतिबन्ध, सामाजिक सञ्जाल पनि जाँच गरिने
- प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै गरे संसद् अवरुद्ध
- कामीरिता शेर्पा ३१ औं पटक सगरमाथामा, अर्को विश्व रेकर्ड
- के छ सगरमाथा बेसक्याम्पबाट कांग्रेस महामन्त्री शर्माले प्रधानमन्त्रीलाई लेखेकाे पत्रमा ?
- प्रतिनिधिसभा बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस हुने
- रामबहादुर बमजनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश
प्रतिकृया दिनुहोस