गाउँ सहर

सहकारी पीडितले निकाले ‘अर्धनग्न’ जुलुश

काठमाडौं । काठमाडौंको माइतीघरमा सहकारी पीडितले अर्धनग्न जुलुस प्रदर्शन गरेका छन् । लामो समयदेखि सहकारीका समस्या ज्युँ का त्युँ रहेको भन्दै उनीहरुले सरकारविरुद्ध नाराबाजी गर्दै अर्धनग्न प्रदर्शन गरेका हुन् ।

उनीहरुले नकाब लगाएर प्रदर्शन गरेका थिए ।

‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्डसहित प्रदर्शन भएको थियो।

 

गाउँ सहर संवाददाता

तपाईँको मत