आन्दोलन थप चर्काउँदै शिक्षक, गाउँमा रहेकाहरूलाई काठमाडौंमा आउन अपिल
- गाउँ सहर संवाददाता
- १५ बैशाख सोमबार, २०८२ | ०८:०१:०० मा प्रकाशित

काठमाडौं । आइतबार भएको झडपपछि शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको अत्याचारको प्रतिकार गर्ने बताएको हो ।
अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षक कर्मचारी माथि भएको यो क्रूर दमनको विरोधमा आफूहरूसँग उभिन हामी सबै पेसागत संस्था, आम शिक्षा सरोकार समूह तथा आम नेपालीलाई अपिल गरेका छन् । उनले एक विज्ञप्तिमा जारी गर्दै भनेका छन्, ‘नेपाली शिक्षक-कर्मचारीहरू अग्रगामी विद्यालय शिक्षा ऐन बिना आफ्नो कार्यक्षेत्रमा नफर्कने कुरा पुनः उद्घोष गर्दै देशभरका सबै शिक्षक-कर्मचारी साथीहरूलाई आफ्ना साथीहरू माथि भएको यो अत्याचारको प्रतिकार गर्न अनिवार्य काठमाडौँ आइ आन्दोलनमा सहभागी हुन जोडदार अपिल गर्दछौँ ।’
आइतबार शान्तिपूर्ण आन्दोलन र विरोध सभामा सरकारद्वारा संरक्षित केही भिजिलान्तेहरू पसेर ढुङ्गामुढा गरी स्थिति भड्काऊ बनाई त्यसैको आडमा प्रहरीबाट शिक्षक-कर्मचारीमाथि पानीको फोहरा हान्ने, ढुङ्गा हान्ने तथा निर्मम ढङ्गबाट लाठी प्रहार गर्ने काम भएको महासंघको आरोप छ । बानेश्वरमा भएको झडपमा ६२ जना शिक्षक तथा कर्मचारी तथा केही सञ्चारकर्मी घाइते भएका छन् । तीमध्ये झण्डै १ दर्जनको अवस्था निकै चिन्ताजनक रहेको छ ।
सुवेदीले भनेका छन्, ‘हामी सबै घाइते साथीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ । साथै यो घटनामा घाइते भएको सबैको उपचारको जिम्मा लिन सरकारसँग जोडदार माग गर्दछौँ । हामी सरकारबाट भएको यो ज्यादतीको घोर निन्दा तथा भर्त्सना गर्दछौँ ।’
विद्यालय शिक्षाको सुधार र शिक्षक-कर्मचारीका पेसागत उन्नयनका पक्षमा गत वर्षको माघ २० गतेबाट निरन्तर शान्तिपूर्ण आन्दोलनमा रहेका छन् । शिक्षक-कर्मचारी माथि गरिएको यो अमानवीय आक्रमणबाट सरकारको अलोकतान्त्रिक, दमनकारी तथा शिक्षा विरोधी चरित्र पर्दाफास भएको महासंघले बताएको छ ।
बैशाख १४ गते भएको प्रदर्शनमा सरकारबाट शिक्षक–कर्मचारी माथि भएको अमानवीय आक्रमण र ज्यादतीको घोर भर्सत्ना.गर्दछौं । त्यस आक्रमणमा परी घाइते हुनु भएका सबै साथीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
यस्ताे छ शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशाेर सुवेदीले गरेकाे अनुराेध
१. बैशाख १४ गतेको आन्दोलनमा सहभागी सबैप्रति आभार व्यक्त गर्दछौं ।
२. हाम्रो आन्दोलन जारी छ । हिजो जस्तै ठिक ११ः०० बजे माइतीघर मण्डलामा आउनुहुन सबै साथीहरुमा अनुरोध छ ।
३. काठमाडौं आउन बाँकी रहनु भएका साथीहरु, आन्दोलनको मोर्चामा आफ्ना साथीहरुको रगत बगीसक्दा पनि अझै तपाईँहरु घरमै बसिरहन कसरी सक्नु भएको छ ? के आन्दोलनकारी साथीको पिडाले तपाईंलाई घोच्दैन ? आफ्नो कर्तव्य बोध हुँदैन ? यो कुरा मनन गर्नुहोला र छिटोभन्दा छिटो काठमाडौं आउनुहोला ।
४. हाामी अन्तिम लडाईंमा छौं । यसमा सबैको सक्रिय सहभागिता अनिवार्य छ ।
मेरो आन्दोलन मेरो सहभागिता ।
बलियो सहभागिता, बलियो आन्दोलन–बलियो आन्दोलन बलियो उपलब्धि ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस