नेपालमा राजतन्त्र दन्त्यकथा भइसक्याे : सिटाैला
- गाउँ सहर संवाददाता
- २८ चैत बिहीबार, २०८१ | १९:१३:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय सभामा सत्तापक्षका नेतासमेत रहेका कृष्णप्रसाद सिटौलाले नेपालमा राजतन्त्र दन्त्यकथा भइसकेको भन्दै कुरा गर्न र सुन्न मात्र रमाइलो हुने बताएका छन् ।
काठमाडौंमा बिहीबार आयोजित ‘संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र स्थायित्व अपरिहार्यता’ विषयक विचार गोष्ठीलाई सम्बोधन सिटौलाले व्यवस्थाविरोधी गतिविधिमा नलाग्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका हुन् ।
राष्ट्रिय सभामा सत्तापक्षका नेतासमेत रहेका कृष्णप्रसाद सिटौलाले पूर्वराजालाई चुप लागेर बस्न भनेका छन् । जनताको सेवा गर्न मन भए आफ्नो सबै सम्पत्ति जनतालाई सुम्पन पनि कांग्रेस सांसद सिटौलाले चुनौती दिएका छन् ।
व्यवस्था परिवर्तनको उक्साउनुभन्दा चुप लागेर बस्नमा पूर्व राजा शाहको भलाइ रहेको सिटौलाको भनाइ थियो । ‘आज देशभरका युवाहरूलाई साची राखेर भन्न चाहन्छु पूर्वराजा ज्ञानेन्द्र तिमी चुप्प लागेर बस । त्यसैमा तिम्रो भलाइ छ, त्यसैमा तिम्रो कल्याण छ । (चुप लागेर बस्न) मन छैन भने आऊ राजनीति गर्न,' सिटौलाले भने, 'राजनीतिमा स्वागत छ । साँच्चै जनताको माया छ भने उनले बचेखुचेको सम्पत्ति दिऊन् जनतामा, आँट छ ?'
भारतमा ब्रिटिस साम्राज्य अन्त्य भएसँगै त्यहाँका राजाहरू राजनीतिमा आएको उल्लेख गर्दै ज्ञानेन्द्र शाहले पनि त्यसो गर्न पाउने सिटौलाको भनाइ थियो ।
उद्योगी र व्यापारी ज्ञानेन्द्र शाहले आँट भए आफ्नो सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने सिटौलाको भनाइ थियो । देशमा पुनः शासन गर्ने मन भए दलीय राजनीतिमार्फत चुनाव लड्न शाह अगाडि आउनुपर्ने सिटौलाको भनाइ थियो ।
वर्तमान व्यवस्था सञ्चालनमा भएका गल्ती सच्याउँदै अगाडि बढ्नु आजको आवश्यकता भएको सिटौलाले बताए । व्यवस्थाको चिन्ता नभई अहिलेका युवाहरूले समाज निर्माण कसरी गर्ने भन्ने चिन्ता गर्नुपर्ने उनको आग्रह थियो ।
सिटौलाले देश राजाले नभई जनताले बचाउने बताए । सिटौलाले भने, ‘राजा आऊ देश बचाऊ भन्छन्, राजाले देश बचाउँछन् ? देश त जनताले बचाउँछन् नि ! एउटा सामन्ती संस्थाको अधिकारको लागि, शोषण र दमनको प्रतीकको संस्थाको लागि लड्ने मानिस कस्ता होलान् ? कसरी आए होलान्र ? कसरी ढुंगामुढा गरे होलान् ? कसरी भित्र मान्छे थुनिएर बसेको छ भन्दाभन्दै बाहिरिबाट आगो लगाइदिए होलान् ? कल्पना गर्नुस् ।’
उनले विगतमा आफूहरूले पनि शान्तिपूर्णरूपमा ठूलो आन्दोलन गरेको स्मरण गरे ।
उनले थपे, ‘त्यत्रो आन्दोलनबाट आयौँ हाम्रो हातखुट्टा केही भएका छैनन्, आन्दोलनमा खट्नेहरूले गोली र लाठी खपे, हामीले कहिल्यै त्यस्तो निर्मम घटना घटाएनौँ । तर, आज सानो जुलुस आयो । सरकारले तोकेका ठाउँमा कार्यक्रम नगरेर पागलपन जस्तो त्यस्तो घटना गराए । नेपालमा कहाँ राजा छ र आउनलाई ? तीन करोड जनसङ्ख्या भएको ठाउँमा दश/बीस हजार मान्छे अनेक ढंगबाट जोडेर, हामी चिन्दैनौँ र देख्दैनौँ कसको रूप र खुट्टा कहाँ छ भनेर ? हामीलाई थाहा छैन र !’
उनले अहिले आफूहरू गम्भीर समीक्षासहित जन आवश्यकताअनुसार संविधान संशोधन गर्ने पक्षमा रहेको बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सरकारले गभर्नरमा बनाउने खाेजेकाे भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता, आइतबार पेसी
- १० अर्ब बढीको सेयर कारोबार, नेप्से परिसूचक २७ सय विन्दुमाथि
- सुनकाे मूल्य बढेकाे बढ्यै
- बीपी राजमार्गको चार खण्डमा छुट्याएर पुनर्निर्माण हुँदै
- यी चार ठेकेदार कम्पनी परे सरकारकाे कालाेसूचीमा
- राष्ट्रपतिले आह्वान गरे १२ गते संसद् अधिवेशन
- आइसीसी यू१९ विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित
- शिक्षा विधेयक तत्काल पारित गर्न सरकारले गरेकाे अधिवेशन आह्वानलाई शिक्षकले पत्याएनन्
- नयाँ वर्षको सुरुवाती कारोबार दिनमै नेप्सेसँगै कारोबार रकम बढ्यो
- बोडेमा सुजनले तेस्रोपटक जिब्रो छेडे
प्रतिकृया दिनुहोस