अर्थतन्त्र

शेयरबजार : आजपनि नेप्से परिसूचक बढ्याे, ४ अर्ब २० करोडको शेयर खरिदबिक्री

काठमाडाैं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

बिहीबार नेप्से परिसूचक ४१.४३ अंक बढेर २६६३.३० विन्दुमा पुगेको छ। 

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। बुधबार ४ अर्ब २० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको ५५ हजार ४४२ पटकको कारोबारमा ५ अर्ब २२ करोड ३० लाख ८३ हजार रुपैयाँबराबरको ९७ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन २६८ रुपैयाँ २९ पैसा बढेर २ हजार ९५१ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सृजनशील लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ। यस दिन मूल्य घटेका स्टकहरुको मूल्य गिरावटदर २ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५१ करोड १८ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको २७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे २५ करोडको शेयर किनबेच भएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत