प्रकाशमानलाई बालेनले भने: मलाई हराउने नाममा इतिहासलाई माटोमा नमिसाउनू
- गाउँ सहर संवाददाता
- १० चैत आइतबार, २०८१ | १८:५०:०० मा प्रकाशित

काठमाडाैं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन शाह)ले कांग्रेस नेता तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई विभिन्न कामहरू कहिले गर्ने भन्दै प्रश्न गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले आफूलाई हराउने नाममा शहर, क्षेत्र र देश नहराउन आग्रह गरेका हुन्।
'माननीय सहरी विकासमन्त्री प्रकाशमान सिंहज्यू, अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो। कहिले गर्ने हो?' उनले प्रश्न गरे।
बालेनले गणेशमान सिंह, पीएल सिंह र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउन पनि आग्रह गरेका छन्।
'मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला,' उनले भनेका छन्, 'यत्रो गणेशमान सिंह, पीएल सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला।'

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एएफसी महिला एसियन कप छनाेटकाे नजिक पुगरे चुक्याे नेपाल
- आज यी प्रदेशमा भारी वर्षाकाे पूर्वानुमान, सतर्कता अपनाउनु आग्रह
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
प्रतिकृया दिनुहोस