निरन्तर घटेकाे घटेकै शेयरबजार
- गाउँ सहर संवाददाता
- ६ चैत बुधबार, २०८१ | १५:२४:०० मा प्रकाशित

काठमाडौं । साताकाे चौथो कारोबार दिन पनि घटेको छ । यो साता आइतबार २१.६३, सोमबार १०.१४ र मंगलबार ७.६६ अंकले घटेको बजार बुधबार पनि ओरालो लागेको छ।
बुधबार नेप्से १४.८८ अंकले घटेर बजार २६८२.१५ बिन्दुमा झरेको छ । ५ अर्ब १४ करोड ३९ लाख रुपैयाँको कारोबार भएको बजारमा ५३ कम्पनीको मात्र शेयर मूल्य बढेको छ । १८३ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। यस दिन ३ सय ११ कम्पनीको ९५ लाख ८३ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । यस दिन होटल तथा पर्यटन, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। वित्त उपसमूहको परिसूचक सर्वाधिक १.५३ प्रतिशत घटेको छ ।
यस दिन मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.३९ प्रतिशत बढेको छ । त्यस्तै, गरिमा समृद्धि योजनाको इकाईमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.२० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २९ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे २३ करोडको शेयर किनबेच भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
प्रतिकृया दिनुहोस