दीपक थापा ३१औँ आईजीपी नियुक्त, ८० हजार फौजको कमान्डर
- गाउँ सहर संवाददाता
- ४ चैत सोमबार, २०८१ | १९:०९:०० मा प्रकाशित

काठमाडौं । सरकारले नेपाल प्रहरीको ३१औँ प्रहरी महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैंठकले एआईजी थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो ।
सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापाले आईजीको दौडमा बाजी मारेका हुन् ।
आईजीपी नियुक्तिसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत थापाले मंगलबारदेखि प्रहरीको कमान्ड सम्हाल्नेछन् । आईजीपी वसन्तबहादुर कुँवरले प्रहरीको ३० वर्षे सेवा अवधिका कारण आज रातिबाट अवकाश पाउने भएपछि थापा प्रहरीको ३१औँ आईजीपी बनेका हुन् ।
यो निर्णयसँगै थापाले करिब ८० हजार फौजको कमान्ड गर्नेछन् । देशको समग्र शान्ति सुरक्षा र अपराध अनुसन्धानको मुख्य जिम्मेवारी उनको काँधमा आइपुगेको छ । थापाले ०५२ भदौ १९ गतेदेखि प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए ।
थापा ०५२ भदौ १९ गतेदेखि प्रहरीमा सेवा सुरु गरेका हुन् । प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थापा आजबाट अवकाश पाएका आईजीपी कुँवरसँगै ०७९ चैत ८ मा एआईजीमा बढुवा भएका थिए ।
हाल सीआईबीको प्रमुख रहेका थापाले उपत्यका प्रहरी कार्यालयको कमान्डसमेत गरिसकेका छन् । उनीसँग डीआईजी हुँदा वाग्मती प्रदेश प्रहरी प्रमुख, प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय प्रमुखको कमान्ड सम्हालेको अनुभव छ ।
त्यसरी नै एसएसपी हुँदा उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख, प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखा प्रमुख, एसपी हुँदा चितवन जिल्ला प्रमुख, प्रहरी प्रधान कार्यालयको बजेट शाखा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल प्रमुख भएर काम गरेको अनुभव उनीसित छ ।
यसरी नै डीएसपी हुँदा जिल्ला प्रहरी कार्यालय खोटाङ प्रमुख, इलाका प्रहरी कार्यालय बुटवल, प्रहरी वृत्त महाराजगन्जको कमान्ड सम्हालेका थिए । प्रहरी निरीक्षकमा समेत उनले अनेक युनिटको कमान्ड सम्हालेका थिए । उनीसँग करिब २० भन्दा बढी युनिटको कमान्ड हम्हालेको अनुभव छ । उनी संगठनमा तुलनात्मक रूपमा नरम स्वभावका प्रहरी अधिकारीका रूपमा दरिएका अधिकारी हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यू१९ विश्वकप छनोट खेल्ने टोली घोषणा
- सत्र सुरु नहुँदै विद्यार्थी भर्ना गर्ने विद्यालयलाई काठमाडौं महानगरले कारबाही गर्ने
- शेयरबजार : नेप्से परिसूचक घटेर २७०४ विन्दुमा
- बागलुङको बुर्तिबाङमा प्रभु बैंकले मनायो ग्लोबल मनी विक
- संसदमा सुशासनका कुरा (लाइभ)
- साताको पहिलो दिन शेयर बजारमा गिरावट
- स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक
- संसदमा चर्काचर्की हेर्नुस् प्रत्यक्ष प्रसारण
- फोनिज बागमती प्रदेशकाे अध्यक्षमा पुन: श्रेष्ठ, महासचिवमा नापित
- स्वस्थताका लागि अनिवार्य खेलकुद
प्रतिकृया दिनुहोस