नेपालमा व्यवस्था बदल्ने बेला आयाे - डा. राणा
- गाउँ सहर संवाददाता
- २८ फाल्गुण बुधबार, २०८१ | १६:३८:०० मा प्रकाशित

बर्दिया । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शम्शेर राणाले नेपालमा व्यवस्था बदल्ने बेला आएको बताएका छन् । नेपाली जनताले राजसंस्था माग गरेको राणाको भनाइ छ ।
‘भ्रष्ट नेताहरुको बिदाइ गर्न र देशमा अमनचैन कायम गर्न राजसंस्था आवश्यक भएको छ, जनताको चाहना पनि यही देखिएको छ । धर्म, संस्कृति, परम्परा बचाउन सनातन हिन्दु अधिराज्य चाहिएको छ,’ राप्रपा नेता राणाले बुधवार भने ।
राजसंस्था र सनातन हिन्दु अधिराज्य स्थापनाको लक्ष्य प्राप्त नगरेसम्म राप्रपाले जारी राखेको अभियान नरोकिने उनले बताए ।
‘नेताहरुले हाम्रो धर्म, संस्कृति बेचेको कुरा अहिले प्रष्ट भएको छ । अमेरिकी राष्ट्रपति, अमेरिकी सांसद, भारतीय सांसदहरुले नै यो कुरा उठाइरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइबाटै नेपालमा धर्म संस्कृति मास्ने काम भएको, अमेरिका र नेपाल दुबैतर्फ भ्रष्टाचार भएको प्रष्ट भएको छ,’ राणाले भने ।
बर्दिया जिल्लामा आयोजित बृहत मोटरसाइकल र्यालीलाई सम्बोधन गर्दै राणाले यो विचार व्यक्त गरेका हुन् ।
देश संकटमा परेको हुनाले देशलाई जोगाउन सबै राजसंस्थावादी, सनतान हिन्दु अधिराज्य पक्षधर, गणतन्त्र, संघीयता र भ्रष्टाचार विरोधी सबै एकजुट हुन महामन्त्री राणाले आह्वान गरे ।
राप्रपा आन्दोलन परिचालन समितिले फागुन महिनाभरी सातै प्रदेशका प्रमुख शहरहरुमा मोटरसाइकल र्याली संचालन गर्ने र चैत महिना काठमाडौं केन्द्रीत आन्दोलन गर्ने कार्ययोजना तय गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस