होलीको चहलपहल सुरु, अमर्यादित र इच्छाविपरीत गरेमा कारबाहीकाे चेतावनी
- गाउँ सहर संवाददाता
- २८ फाल्गुण बुधबार, २०८१ | ०९:१४:०० मा प्रकाशित
काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा भोलि मनाइने होली पर्वको चहलपहल सुरु भएको छ।
एक आपासमा विभिन्न रङ दलेर र शुभकामना आदानप्रदान गरी मनाइने फागु पर्वका लागि बजारमा टिसर्ट, रङ र बालबालिकाले खेल्ने पिच्कारीको ब्यापार बढेकोछ । यसैबिच काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले मर्यादित र सभ्य भएर होली पर्व मनाउन सबैमा अनुरोध गरेका छन्।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले उच्छृङ्खल र तडकभडक नभई शान्तिपूर्ण रूपमा पर्व मनाउन सबैमा अनुरोध गरेका छन। शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैझगडा, मादक पदार्थको सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्तिमा खलल काम नगर्न भनिएको छ।
यस्तै कसैको इच्छाविपरीत रङ एवं पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबर्जस्ती रङ दल्ने काम नगर्न पनि तिनै जिल्लला प्रशासन कार्यालयले अनुरोध गरेका छन्। अनुरोधलाई अटेर गरेमा सामाजिक व्यवहार (सुधार) ऐन अनुसार कारबाही हुने चेतावनी दिइएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
प्रतिकृया दिनुहोस