होलीको चहलपहल सुरु, अमर्यादित र इच्छाविपरीत गरेमा कारबाहीकाे चेतावनी
- गाउँ सहर संवाददाता
- २८ फाल्गुण बुधबार, २०८१ | ०९:१४:०० मा प्रकाशित

काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा भोलि मनाइने होली पर्वको चहलपहल सुरु भएको छ।
एक आपासमा विभिन्न रङ दलेर र शुभकामना आदानप्रदान गरी मनाइने फागु पर्वका लागि बजारमा टिसर्ट, रङ र बालबालिकाले खेल्ने पिच्कारीको ब्यापार बढेकोछ । यसैबिच काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले मर्यादित र सभ्य भएर होली पर्व मनाउन सबैमा अनुरोध गरेका छन्।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले उच्छृङ्खल र तडकभडक नभई शान्तिपूर्ण रूपमा पर्व मनाउन सबैमा अनुरोध गरेका छन। शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैझगडा, मादक पदार्थको सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्तिमा खलल काम नगर्न भनिएको छ।
यस्तै कसैको इच्छाविपरीत रङ एवं पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबर्जस्ती रङ दल्ने काम नगर्न पनि तिनै जिल्लला प्रशासन कार्यालयले अनुरोध गरेका छन्। अनुरोधलाई अटेर गरेमा सामाजिक व्यवहार (सुधार) ऐन अनुसार कारबाही हुने चेतावनी दिइएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस