सुतिरहेको अवस्थामा टिपरले ठक्कर दिँदा काठमाडौंमा तीनजनाको मृत्यु
- गाउँ सहर संवाददाता
- २३ फाल्गुण शुक्रबार, २०८१ | ०८:०८:०० मा प्रकाशित

काठमाडौं । सवारी साधनको ठक्करबाट काठमाडौंमा तीनजनाको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा टिपरले ठक्कर दिँदा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
२१ वर्षका आकाश र सुमन तथा ४५ वर्षका हरिजनको मृत्यु भएको प्रहरी प्रभाग साँखुले जनाएको छ ।
बिहीबार दिउँसो पौने ४ बजे शंखरापुर नगरपालिका ६ साँखु सलम्बुटारस्थित साँखु ब्रह्मखेल सडक खण्डमा बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भई सडक छेउको टहरोमा ठक्कर दिँँदा सुतिरहेका तीनजना घाइते भएका थिए ।
नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
द्वन्द्वपीडित तथा अपांग समाज संस्थाले बनाएको जस्ताको टहरामा टिपरले ठक्कर दिँदा उक्त हताहत भएको हो ।
६१ जना बस्ने गरेको टहरामा टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- होलीको चहलपहल सुरु, अमर्यादित र इच्छाविपरीत गरेमा कारबाहीकाे चेतावनी
- आमयुवा विद्यार्थीलाई पलायन हुने नभई देश निर्माणमा लाग्न आग्रह
- नेपाल मेडिकल कलेजमा नवजात शिशुको श्रवण क्षमता जाँच्ने ओएई उपकरण
- ज्योति विकास बैंकका ग्राहकहरुलाई “Decor Palace” मा विशेष छुट
- ३२ अंकले घट्यो नेप्से
- सात महिनामा ९ खर्ब रेमिटेन्स, यस्ताे छ मुलुककाे पछिल्लाे अर्थतन्त्रकाे स्वास्थ्य
- काठमाडौँका यी क्षेत्रमा दुई महिनासम्म अनशन, जुलुस, सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध
- लेखनाथमा विद्यालय उमेरका बालबालिका केन्द्रित बृहत् अन्तर्क्रिया
- गायत्री मन्त्र प्रादुर्भाव भएको विश्वामित्र गुफासँगको सम्बन्ध बाढीले टुटायाे
- क्यानले सार्वजनिक गर्यो क्रिकेट खेलकाे एक वर्षकाे क्यालेण्डर
प्रतिकृया दिनुहोस