आज प्रतिनिधिसभामा विधेयकमाथि छलफल, राष्ट्रियसभामा मन्त्रीसँग प्रश्नोत्तर
- गाउँ सहर संवाददाता
- २३ फाल्गुण शुक्रबार, २०८१ | ०७:३८:०० मा प्रकाशित

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक दिउसो १ बजे र राष्ट्रियसभाको बैठक दिउसो सवा १ बजे सुरु हुनेछ ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय मानव अधिकार आयोगको २४ औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०–०८१’ पेस गर्ने कार्यसूची छ ।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१’ छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रियसभाको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर हुनेछ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूचीमा उल्लेख छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७९–८० को छैटौँ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ ।
अर्थमन्त्री विष्णु पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- होलीको चहलपहल सुरु, अमर्यादित र इच्छाविपरीत गरेमा कारबाहीकाे चेतावनी
- आमयुवा विद्यार्थीलाई पलायन हुने नभई देश निर्माणमा लाग्न आग्रह
- नेपाल मेडिकल कलेजमा नवजात शिशुको श्रवण क्षमता जाँच्ने ओएई उपकरण
- ज्योति विकास बैंकका ग्राहकहरुलाई “Decor Palace” मा विशेष छुट
- ३२ अंकले घट्यो नेप्से
- सात महिनामा ९ खर्ब रेमिटेन्स, यस्ताे छ मुलुककाे पछिल्लाे अर्थतन्त्रकाे स्वास्थ्य
- काठमाडौँका यी क्षेत्रमा दुई महिनासम्म अनशन, जुलुस, सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध
- लेखनाथमा विद्यालय उमेरका बालबालिका केन्द्रित बृहत् अन्तर्क्रिया
- गायत्री मन्त्र प्रादुर्भाव भएको विश्वामित्र गुफासँगको सम्बन्ध बाढीले टुटायाे
- क्यानले सार्वजनिक गर्यो क्रिकेट खेलकाे एक वर्षकाे क्यालेण्डर
प्रतिकृया दिनुहोस