माझी समुदायले आज लदि पर्व पूजाआजा गरेर मनाउँदै
- गाउँ सहर संवाददाता
- २० फाल्गुण मंगलबार, २०८१ | ०८:०७:०० मा प्रकाशित

काठमाडाैं । प्रकृतिका पूजक माझी समुदायले आफ्नो पर्व आज मङ्गलबार लदि पूजा मकवानपुरमा विशेष कार्यक्रमको आयोजना गरी मनाउँदै छन् । नोल माझी उत्थान सङ्घ केन्द्रीय समितिको आयोजनामा लदि पूजाका अवसरमा मकवानपुरको बकैया गाउँपालिका ६ स्थित जुइनामा सामूहिक रूपमा विशेष कार्यक्रम गरी मनाइने भएको हो ।
सङ्घका अध्यक्ष चिनीमाया माझीले लदि पूजा माझी समुदायको प्रमुख चाड भएको भन्दै यस पर्वका अवसरमा पूजाआजासँगै शुभकामना आदान प्रदान गर्न लागेको जानकारी दिइन् ।
सङ्घका महासचिव बविन्द्र माझीले माझी समुदाय देशका विभिन्न भागमा छरिएर रहेको भन्दै पर्वका अवसरमा पहिलो पटक मकवानपुरमा विशेष कार्यक्रम आयोजना गर्न लागिएको बताए ।
लदि पूजाका अवसरमा आज बकैया गाउँपालिकाको जुइनामा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सीँ लामा तामाङको प्रमुख आतिथ्यमा शुभकामना आदान प्रदान कार्यक्रम तय भएको छ । लदि पूजाका अवसरमा बागमती प्रदेश सरकारले माझी समुदायका लागि बिदासमेत दिएको छ ।
यस्तै मकवानपुरको बकैया र बागमती गाउँपालिकाले लदी पर्वका अवसरमा स्थानीय बिदा गरेका छन् । माझी समुदायले लदि पूजा फागुन महिनाको तेस्रो (साइँली) मङ्गलबार गर्ने प्रचलन रहेको छ ।
रामेछापकाे मन्थली नगरपालिका तथा खाँडादेवी गाउँपालिकामा पनि स्थानीयहरूले पूजाआजासँगै शुभकामना आदान प्रदान गरि मनाउने तयारी गरेका छन् ।
माझी समुदायको नेपालको मध्य पहाडी, भित्री मधेस र तराईका जिल्लाहरूमा प्रमुख बसोबास रहेको छ । परम्परादेखि नदी, खोलामा निर्भर माझीहरूको पुर्ख्यौली पेसा माछा मार्ने र डुङ्गा चलाउने भएता पनि हाल कृषि पेसालाई मुख्य पेसाको रूपमा लिँदै आएका छन् । छुट्टै इतिहास, भाषा, संस्कार, संस्कृति, पहिचान र विशेषता भएको यो जातिहरूको बसोबास प्रायः जसो नदी किनारमा रहेको छ ।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार नेपालमा एक लाख ११ हजार ३५२ जनसङ्ख्या माझीहरूको रहेकोमा सबैभन्दा बढी बागमती प्रदेशमा मात्र ४१ हजार ६७१ बसोबास गर्दछन् । माझी भाषा बोल्ने ३२ हजार ९१७ जनसङ्ख्या रहेको तथ्याङ्क छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
प्रतिकृया दिनुहोस