शेयरबजार नेप्से घटेपनि काराेबार रकम १४ अर्ब माथि नै
- गाउँ सहर संवाददाता
- १९ फाल्गुण सोमबार, २०८१ | १६:५०:०० मा प्रकाशित

काठमाडाैं । साताकाे दाेस्राे दिन सोमबार नेप्से सूचक १३.६२ अंकले घटेर २८७६.६६ विन्दुमा थामिएको छ।
बजार घटेपनि कारोबार रकम १४ अर्ब २८ करोड नाघेको छ । आइतबार २ करोड ९१ लाख कित्ता सेयर बिक्री भएकामा सोमबार ३ करोड १२ लाख कित्ता सेयर बिक्री भएको छ।
योसँगै सोमबार ५१ वटा सेयरको मूल्य बढ्दा १८७ वटाको घटेको र ६ वटा अघिल्लो मूल्यमा नै कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
यस दिन गार्डियन माइक्रो लाइफको सेयरमा सकारात्मक सर्किटले निरन्तरता पाउँदा दिव्येश्वरी हाइड्रो ९.४५ प्रतिशत, सिन्धु विकास बैंकको ७.८५ प्रतिशत, हिमालयन रिइन्स्योरेन्सको ७.२५ प्रतिशतले सेयर बढेको छ।
समाज लघुवित्तको सेयरमा भने लगातार नकारात्मक सर्किट लागेको छ। यसबाहेक उपकार लघुवित्तको ७.२४ प्रतिशत, वाराही हाइड्रोपावरको ६.७७ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्स र भूगोल इनर्जीको क्रमशः ६.६ र ६.४२ प्रतिशतले सेयर मूल्य घटेको छ।
कारोबारका हिसाबले आज हिमालयन रिको १ अर्ब ३८ करोडको, नेपाल पुनर्बीमाको ७३ करोड, हिमालयन डिस्टिलरीको ३६ करोडको किनबेच भएको छ।
आज सामूहिक लगानी, निर्जीवन बीमा र अन्य उपसूचक बढे पनि बाँकी सबै राताम्य रहे।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
- राैनक श्रीवास्तवकाे शानदार ब्याटिङमा नेपालले भुटानलाई दियाे ३५९ रनकाे लक्ष्य
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
प्रतिकृया दिनुहोस